एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – वर्षा कम भएपछि नदीमा पानीको बहाव घट्न थालेको छ । अहिले कमला र कोशी नदीमा मात्र पानीको सतह सतर्कता तहभन्दा माथि छ । अन्य नदीमा भने पानीको सतह घटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अब पानी पर्ने क्रम बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा केही तल सरेकाले मनसुन अझै सक्रिय देखिए पनि विस्तारै कमजोर हुँदै जाने तर एक दुई दिन पानी पर्ने क्रम भने नरोकिने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । विशेषगरी पूर्व र मध्य क्षेत्रका केही ठाउँमा र पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार राति पनि देशका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आइतबार कन्काई, कोशी, कमला, बागमती, नारायणी लगायतका नदीमा पानीको बहाव सतर्कता तह आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, पश्चिम राप्ती बबई, कर्णाली र महाकालीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तह भन्दा तलै हुने महाशाखाको अनुमान छ । खतराको तह पार गर्ने र गर्न सक्ने नदी आसपासका नागरिकलाई मोबाइलमा महाशाखाले एसएमएस मार्फत् जानकारी गराउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।