एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – शुक्रबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान दाङ, नवलपरासी, चितवनलगायतका ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
यो प्रणाली अझै सक्रिय हुँदै गएकाले आसपासका जिल्लामा पनि पानी पर्ने महाशाखाको अनुमान छ । मनसुनी गतिविधि कमजोर बन्दै गइरहेकाले लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘मनसुनी गतिविधि कमजोर छ । स्थानीय वायुको प्रभावले केही ठाउँमा पानी परिरहेको छ । स्थानीय वायुका कारण बनेको प्रणालीले कुनै ठाउँमा ठूलो पानी परे पनि अर्को ठाउँमा पर्दैन ।’ मौसमविद् पौडेलका अनुसार शुक्रबार मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मध्य र पूर्वी भूभागका केही ठाउँमा पानी पर्ने भएकाले पहाडी भूभाग तथा चुरे आसपासमा बाढी तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
गएको साता बिहीबारदेखि सक्रिय मनसुनी गतिविधि गएको मंगलबारदेखि केही कमजोर बन्दै गएको थियो । आउँदो आइतबारदेखि फेरि मनसुनी गतिविधि सक्रिय बन्ने देखिएकाले देशभर मौसममा बदली भई वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।