पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
इलाम – इलाममा एक युवकले दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर आत्महत्या गरेका छन् ।
सन्दकपुर गाउँपालिका -१, माइपोखरीका आफ्ना दाजु विष्णु राईलाई घाइते बनाएर भाइ बुद्ध राईले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, ४५ वर्षका बुद्धले के कारणले दाजुलाई घाइते बनाएर हत्या गरे भन्ने हालसम्म खुलेको छैन । दाजुभाइका बीचमा त्यस्तो मनमुटाव नभएको अर्का भाइ चक्र बहादुर राईले जानकारी दिनुभयो । बुद्धले दाजुुलाई घरैमा घाइते बनाएको बताइएको छ ।
गम्भीर घाइते भएका ६४ वर्षका विष्णुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा रेफर गरिएको छ । उहाँलाई खुकुरी प्रहारसँगै अनुहारमा ढुङ्गाले समेत कुच्याएको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।