६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - आइतबार बिहानै चार बजेतिर घर अघिल्तिरको सडकमा निकै हल्लाखल्ला भयो । झल्याँस्स निद्रा खुल्यो । यस्तो हल्लाखल्ला पहिले पहिले भूकम्प जाँदा हुन्थ्यो । मलाई भूकम्प गएछ कि भन्ने भयो । तर भूकम्प जाँदाको भन्दा अलि फरक किसिमको हल्ला थियो ।
कुकुर भुकेका थिएनन् । उठेर बाहिर निस्किएँ । वरिपरि एक, दुई घरका मानिस पनि मजस्तै के भएछ भनेर बाहिर निस्किएका रहेछन् । बाहिर निस्किएपछि ८-१० जना महिला पुरुष बीच सडकमा उभिएर कतै जाने सुर गर्दै थिए ।
‘ल ल चाँडो गर पछि ढिला हुन्छ पाइँदैन” एउटाले फोनमा भन्दैथिए । मलाइ यो सुन्दा झन् अचम्म लाग्यो के होला यति आधा रातमा नै ढिला हुने र नपाइने ? ।उताबाट के भनेछ कुन्नी, फेरि यतैको मान्छेले भन्यो, त्यसोभए मै ल्याइदिन्छु तिम्रो धनगढीको कि अत्तरियाको ?
अनि बल्ल मेरो दिमागले कुरो समात्यो । त्यो भिड त नयाँ बसपार्कमा बसको टिकट काट्न जानेहरुको पो रहेछ । कीर्तिपुरबाट रत्नपार्क चल्ने गाडी नचलेको भएर त्यहा उभिएका रहेछन ।
यो सबै देखेपछि अघिल्लो दिन आफैंले लेखेको ‘यात्रुको सुविधाको लागि अनलाइन टिकट बुकिङ’ शीर्षकको समाचारको याद आयो । आफैंलाई देखेर खिन्न महसुस भयो । यसरी टिकट काट्न बिहान चार बजे लाइनमा उभिन बाध्य भएकाहरुले त्यो समाचार पढेका भए यो सरकार र समाचार लेख्नेलाई कति सरापेका होलान् भन्ने लाग्यो ।
जनप्रतिनिधि र सरकारका कर्मचारीको भाषण र सञ्चारमाध्यमको कुरा हुबहु मान्ने हो भने हाम्रो देश डिजिटल युगमा प्रवेश गरिसकेको छ । पेपरलेस मन्त्रीपरिषद बैठक सुरु गरेको पनि एक वर्ष भइसक्यो । ल्याप्टप काखीमा च्याप्दै मन्त्री परिषदको बैठकमा ठडिएका कलम र कागजविहीन अनुहारहरु पत्रिकाको अगाडिको पेजमा देख्दा नेपाल विकसित देशहरुकै हाराहारीमा पुगिसकेको अनुभव हुन्छ ।सिंंगापुरबाटै प्रधानमन्त्रीज्यूले मन्त्रीपरिषद बैठक संचालन गरेको अनुभव पनि हामीले पहिलेपटक गर्यौं ।
सिंहदरबारमा बसेर दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द« मोदीसँग गफिँदै अमलेखगञ्जको पेट्रोलियम पाइपलाइनको उद्घाटन पनि गरियो । यी सबै घटना नेपाल प्राविधिक युगमा प्रवेश गर्यो र नेपाल विकासको बाटोमा अगाडि बढ्दैछ भन्न प्रयाप्त छन् । तर यसै देशको एउटा नागरिकले भनेजति पैसा तिरेर गाडीको टिकट पाउन हारलुछ र तानातान गर्दै पाँच-पाँच घण्टा लाइनमा बस्नु परेको छ ।
नेपाल सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरुको लागि यो खासै महत्वको विषय बन्न सकेको छैन । शायद उनीहरु यसरी कोचाकोच गरेर टिकटको लाइनमा बस्नुपर्दैन । न त दशँैमा काठमाण्डौ भित्रिने खसीबोकाजस्तै गाडीमा उकुसमुकुस भएर उपत्यका बाहिरिनुपर्छ । र पनि यो त्यति महत्वको विषय बन्न सकेको छैन ।
यिनै कुरा सोच्दै मेरो बिहान वित्यो । दिउँसो कार्यलयबाट घर फर्किंदा गाडीमा गाउँको एकजना काकासँग भेट भयो । उहाँ निकै खुशी देखिनुहुन्थ्यो । मैले कताबाट आउनुभएको भनेर सोधें । उहाँले जोशका साथ जवाफ दिनुभयोे “टिकट लिएर आएको ।” मैले कतिखेर जानुभएको, अनि लाइनमा बस्नु परेन भनेर सोधें । उहाँले खल्तीको टिकट छाम्दै भन्नुभयो, लाइन लाग्नु परेन चिनेको मान्छे थियो पहिले नै काटेर राखेको थियो ।
काकाको अनुहारको चमक निकै तेज थियो । हेर्दा लाग्थ्यो उहाँको गोजीमा गाडीको टिकट होइन कि सांसद वा मेयरका लागि चुनावको टिकट छ र त्यो चुनाव उहाँले जित्ने पनि पक्कापक्की छ ।
म केही नबोली फेरि सोचमग्न भएँ । मलाई लाग्यो पैसा तिरेर गाडीको टिकट पाउन पनि चिनेको मान्छे खोज्नुपर्ने हाम्रा दिन अझै गएका रहेनछन् । दशैँको लागि घर जान टिकट पाउँदा पनि आधा दशैँ मनाएजतिक्कै खुसी हुनुपर्ने ? यदि यही नै खुशी हो भने त सरकारले भनेजस्तो खुशी हुनका लागि समृद्धि आउनै पर्ने रहेनछ ।
काठमाण्डौ उपत्यकामा कति मानिस बस्छन् भन्ने कुरा सरकारलाई थाहा हुनु पर्ने हो । असोजमा दशैँ मनाउने र दशैँमा मानिस उपत्यका बाहिर जाने पनि कुनै नौलो कुरा होइन । योबेला लगभग कति मानिस उपत्यका बाहिर जान्छन् भन्ने तथ्याँक पनि सम्बन्धित निकायसँग हुनुपर्ने हो ।
त्यसैअनुसार पहिलेदेखि नै तयारी हुनुपर्ने होइन र ? तर सम्बन्धित निकायहरुको यसतर्फ ध्यान जान सकेको छैन । र पो त सर्वसाधारणले कतिले त टिकटकै लागि कार्यालय बिदा लिनु परेको छ । घण्टौं लाइनमा बस्नु परेको छ । बिरामी र लाइन लाग्न नसक्नेको पीडा बेग्लै छ भने कतिले बाध्यताले जोखिममा यात्रा गर्नुपरेको छ ।
यो सबै भद्रगोल हेर्दा भन्न मन लाग्छ, हे सरकार कि त यो टिकट वितरण व्यवस्थित बनाउ कि जोरबिजोर नम्बरका गाडी फरक फरक दिन चलाउने नियमजस्तै दशैँ आधा नेपालमा एकचोटी र आधा नेपालमा अर्को चोटी मनाउने नियम बनाउ । तर यसरी समृद्ध नेपालका नारा मात्रै बाँडेर भद्रगोल पारा नदेखाउ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।