एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - दशैँको टीकाको दिन आज देशका धेरै ठाउँको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको र केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
पानी पर्ने भएकाले दशैँको टीका लगाउन जाँदा सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो । यसैबीच आज र भोलि केही नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काइ र कमला नदीमा आज र भोलि पानीको बहाव बढ्ने महाशाखाको भनाइ छ । यस्तै, इलाम, झापा, मोरङ सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, सिन्धुपाल्चोक धादिङ, गोरखा, कास्की तनहुँ र स्याङ्जालगायत ठाउँका नदी र खोलामा पनि बाढी आउने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।