काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
डोटी - जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ ।
डोटी जिल्लाका मात्र नभएर जिल्ला भन्दा बाहिरका बिरामी पनि उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् । अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दावी छ ।
छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिश अवस्थीले बताउनुभयो । उहाँले भन्नभयो, ‘पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधी उपलब्ध भएकाले हामीले बिरामीको रोग निको पार्न सफल भएका छौँ, त्यसैले पनि बिरामीको संख्या थपिँदै गएको हो ।’
डडेल्धुराको उपक्षेत्रीय अस्पातलमा सम्भव नभएपछि अमरगढी नगरपालिका-८ की हमेन्ती ओझा केही समय पहिले जिल्ला अस्पताल डोटीमा आउनु भएकी थिईन् । सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल हस्पिटलका रुपमा रहेको उपक्षेत्रीय अस्पातलमा नसकिएको प्रसूति डोटी अस्पतालमा सफल भएपछि उहाँ हालै घर फर्किनुभएको छ ।
डाक्टर नभएका कारण उपचार सम्भव नभएको भन्दै उहाँलाई डोटी रिफर गरिएको थियो । उपचार सफल भएपछि अहिले जिल्ला अस्पतालमा बिरामीहरुको भिड लाग्ने गरेको डाक्टर अवस्थीको दावी गर्नुभयो । उहाँले थप्नुभयो, ‘डडेल्धुराले डोटी पठायो उपचार हुन्छ कि हुँदैन भन्ने चिन्तामा थियौँ, तर उपचार सफल भएको छ ।’
ओझाको जिल्ला अस्पताल डोटीमा अप्रेशनविना नै प्रसूतिको सफल उपचार भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
जिल्ला अस्पताल डोटीमा एक वर्षमा ६८ जनाको प्रसूति शल्यक्रिया सफल गरिएको अस्पतालका प्रमुख तथा डाक्टर भूषण मिश्रले जानकारी दिनुभयो । सहज गरी बच्चा पाउन नसकेका महिलाको अप्रेशनमार्फत बच्चा निकालिएको उहाँले बताउनुभयो ।
३० जना महिलाले पहिलो बच्चा पाउँदा पनि अप्रेशन गरेको र उहाँहरुको दाेस्रो पटक अप्रेशन गरिएको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।