अरब सागरमा बनेको ‘क्यार’ चक्रवातको नेपालमा आंशिक प्रभाव, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

 कात्तिक ८, २०७६ शुक्रबार १४:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  अहिले अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको छ । यसकै प्रभावका कारण काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।

चक्रवातको आंशिक प्रभावका कारण पूर्वी क्षेत्रका झापा, मोरङलगायतका ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १ र प्रदेश ३ का हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातकोे अनुमान गरिएको छ । चक्रवातको आंशिक मात्रै प्रभाव भएकाले ठूलो हावाहुरीसहित वर्षा हुने सम्भावना भने छैन ।

चक्रवातको प्रभाव पूर्वतर्फ सरिरहेकाले काठमाण्डौ उपत्यका लगायत मध्य क्षेत्रको मौसम भोली र पर्सि खुल्ने छ  । 

तर पूर्वी क्षेत्रमा भने भोलि पनि बद्ली भई केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताउनुभयो । अहिले प्रदेश १, २ र ३ का धेरै ठाउँमा मौसम बद्ली भएको छ । 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया