सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
धनुषा - आईएमई नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण यही कात्तिक २२, २३ र २४ मा आयोजना हुने भएको छ । सन् २०११ देखि सुरू अन्तर्राष्ट्रियस्तरको साहित्य महोत्सवको यो पहिलो स्थानीय संस्करण हो ।
जनकपुर संस्करणबारे जानकारी दिने उद्देश्यले शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले नेपाल लिटरेचर फेस्टिभल सुरू गरेको केही वर्षदेखि नै आफूहरुलाई अन्य ठाउँमा पनि महोत्सव लैजान अनुरोध आउन थालेको बताउनुभयो ।
‘महोत्सवले हाम्रो सार्वजनिक वृत्त फराकिलो बनाउने, साहित्यको प्रवर्द्धन गर्ने र ज्ञान उत्पादन एवम् प्रसारणमा पनि महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महोत्सवका स्थानीय संस्करण विभिन्न ठाउँमा आयोजना गर्नुपर्छ भन्ने लागेको हो’, बरालले भन्नुभयो, ‘तर विभिन्न कारणले त्यसो गर्न सकेका थिएनौँ । अहिले आएर फेस्टिभलको जनकपुर संस्करण आयोजना गर्न पाउँदा औधी खुसी लागेको छ ।’
लामो समय बौद्धिक एवम् राजनीतिक जागरणको केन्द्र रहेको तर त्यो अहिले त्यो छवि गुमाउँदै गएको जनकपुरमा साहित्य महोत्सव आयोजना गरेर यसको पुनरूत्थानमा सहयोग पुर्याउनु आफूहरुको उद्देश्य रहेको उहाँको भनाइ छ ।
नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिभलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताउनुभयो । ‘त्यही पाटोलाई उजागर गर्न फेस्टिभल आयोजना गर्न लागिएको हो । विगतको राजनीतिक अन्योलता एवम् अस्थिरताका कारण जनकपुरको नकारात्मक छवि स्थापित भएको थियो’, उहाँले भन्नुभयो, ‘तर अहिले जनकपुरमा तीव्र गतिमा धेरै परिवर्तन भइहरेका छन् । ती परिवर्तनलाई हामी यसै फेस्टिभलमार्फत देखाउन चाहन्छौं ।’
साथै साहित्यक पर्यटनमार्फत जनकपुरको प्रवर्द्धन गरी आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु पनि फेस्टिभलको उद्देश्य रहेको उहाँको भनाइ छ । साहित्यसँग पुरानो पुस्ताका जनकपुरवासीको गहिरो रुचि भए तापनि अहिले युवा पुस्ता साहित्यबाट विमुख हुँदै गएको र तिनीहरुलाई साहित्यतर्फ आकर्षित गर्न पनि फेस्टिभल आयोजना गर्नुपर्ने आवश्यकता आफूहरुले महसुस गरेको उहाँले बताउनुभयो ।
तीन दिन चल्ने फेस्टिभल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिभलमा १२ ओटा सत्रमा विभिन्न महङ्खवपूर्ण विषयमा छलफल हुनेछन् । फेस्टिभलको मुख्य प्रवचन विद्वान् प्रदीप गिरीले दिनु हुनेछ । जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने उक्त प्रवचनमा गिरीले ‘जनकनन्दिनी सीता’माथि विचार राख्नु हुनेछ ।
‘प्रदेश वा परदेश’ नामक सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखक/पत्रकार सुधीर शर्मासँग बहस गर्नु हुनेछ । ‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश २ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । सांसद गगन थापाले त्यो सत्र सञ्चालन गर्नु हुनेछ ।
‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महत्वपूर्ण साहित्यिक स्रष्टाहरुको योगदान’, ‘मधेसको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिभलमा चर्चा परिचर्चा हुनेछ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।