देव: विकास बैंक हिनामिना प्रकरण : अध्यक्ष बुढाथोकी र सदस्य बुढाथोकी १२-१२ लाख धरौटीमा छुटे

 मंसिर १९, २०७६ बिहीबार १२:३६:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नारायणपुरमा रहेको देव: विकास बैंक तत्कालीन वेष्टर्न डेभलमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्धामा उच्च अदालत तुलसिपुर दाङले बैंक सञ्चालक समिति अध्यक्ष र सदस्यलाई १२-१२ लाख धरौटिमा छोडेको छ ।

बैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई उच्च अदालतले उक्त रकम धरौटि राखेर छोडेको अदालतका शाखा अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो ।

यसअघिको ६० दिनको अनुसन्धान सकेर प्रहरीले मुद्धा सरकारी वकिल कार्यालयमा बुझाएपछि कात्त्तिक ३ गते अदालतमा मुद्धा दायर भएको थियो । बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य दुवै बुढाथोकी फरार सूचीमा रहेका थिए । अदालतले घरमा म्याद टाँगेपछि उनीहरु आफैँ अदालतमा उपस्थित भएका हुन् । ६ जना बैँक सञ्चालक, सीईओ, बैँक कर्मचारी, ऋणी, खातावाल गरेर ५६ जनामाथि बैँक हिनामिना प्रकरणमा प्रहरीले मुद्धा चलाएको थियो । 

यो प्रकरणमा पक्राउ परेका १३ जनामध्ये कर्मचारी र खातावाल गरी पाँच जनालाई पूर्पक्षका लागि कारागार चलान, चार जनालाई धरौटी र चारजनालाई साधारण तारिखमा छोडिसकेको छ । फरार सूचीमा रहेका अन्य व्यक्तिहरुको नाममा अदालतले प्रहरीमार्फत पक्राउ पूर्जी जारी गरेको थियो ।

तर, यो समयमा कोही पनि पक्राउ नपरेपछि अदालतले फेरि ३५ दिने म्याद राखी पक्राउ पूर्जी जारी गरेको छ । यो बीचमा सञ्चालक समितिका अध्यक्ष र सदस्य अदालतमा उपस्थित भएपछि धरौटिमा छुटेका हुन् । 

प्रहरीले अदालतमा दायर गरेको मुद्धामा पनि मुख्य गरेर बैँक घोटालामा संलग्न भएको आरोप लागेका सीईओ, बैँक सञ्चालक समिति अध्यक्ष, अन्य सञ्चालक समिति सदस्यहरु, ऋण बोर्ड सदस्यहरु फरार रहेकोमा पछि अदालतको म्याद पूर्जी अनुसार दुई जना सञ्चालकहरु मात्रै अदालतमा हाजिर भएका हुन् । 

खाताको रकम दुरुपयोग गरेकोमा वसन्तबहादुर बस्नेतसहित ४३ जनामाथि मुद्दा दर्ता गरिएको थियो । बैँक घोटालामा संलग्न बैँक सञ्चालक, सीईओसहित सबैमाथि अहिले सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धिकरण विभागमा मुद्धा परेको छ ।

राष्ट्र बैँकले बैँकको घोटाला प्रकरणमा छानबिन गर्ने क्रममै सुृरुमा नै उजुरी सम्पत्ति शुद्धिकरण विभागमा पनि पठाएको हो । जिल्ला प्रहरी कार्यालय दाङले बैँक घोटाला छानबिनकै क्रममा राष्ट्र बैँकले पनि जिल्ला प्रहरी कार्यालय दाङ र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दिएको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया