६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
नेपालमा हुने सडक दुर्घटनाको ७८ प्रतिशत कारण भनेको चालकको लापर्वाही नै हो । त्यसपछि सडकको अवस्थाका कारणले पनि धेरै दुर्घटना हुने गर्छ । गाडीको अवस्था, ट्राफिक नियमको पालना नगर्नु, जनचेतनाको कमी, धेरै यात्रु बोकेर हिँड्नु, तीव्र गतिमा गाडी हाँक्नु लगायतका धेरै कारणले गर्दा पनि दुर्घटना हुने गर्छ ।
दुर्घटनाको कारण बर्सेनि हजारौँ मानिसले ज्यान गुमाइरहेका छन् । यसरी हुने दुर्घटनालाई कम गर्नको लागि चालकको भूमिका निकै महत्वपूर्ण हुन्छ । धेरैजसो दुर्घटनाको कारण तीव्र गति हुने गरेको हामीले पाएका छौँ ।
तीव्र गति हुँदा गाडी नियन्त्रणमा राख्न गाह्रो हुन सक्छ । सिधा बाटोमा पनि रोक्नको लागि असहज हुन्छ र कहिलेकाहीँ ब्रेक लगाउँदा गाडी पल्टिन पनि छ ।
नेपालको भौगोलिक हिसाबले पनि सडक निकै घुमाउरा र साना छन् । यस्तो बाटोमा गति धेरै हुँदा मोडमा मोडिन अप्ठ्यारो हुने, घुम्तीमा अरु गाडी नदेखिने हुँदा पनि दुर्घटना हुन सक्छ । यस्तै बाटोमा अपर्झट चौपाया, मान्छे, मोटरसाइकल आएमा बे्रक लगाएर रोक्न गाह्रो पर्छ र दुर्घटना निम्तिन सक्छ ।
गाडी कसरी चलाउने, गाडी आफ्नो नियन्त्रणमा राख्नको लागि कति गति हुनुपर्छ र बाटोअनुसार कति गति कायम गर्ने भन्ने कुरा चालकको योग्यता, क्षमता र नियन्त्रणको कुरा भएकोले चालकले यो कुरामा ध्यान दिने हो भने धेरै दुर्घटना टर्न सक्छन् ।
अर्काे कुरा भनेको लेन अनुशासन नमान्नु हो । हतार नगर्ने हो लेनमा गाडी गुडाउन सकिन्छ । तर हामी सबैलाई हतार हुन्छ र अरुको लेनमा हामी जान्छौं । यसले गर्दा गाडी जुध्ने, मान्छेलाई ठक्कर दिने सम्भावना धेरै हुन्छ । झन् जाडोमा त हुस्सुले सडक छोपेको हुन्छ । विपरीत दिशाबाट आएको गाडी नदेखिने हुँदा गाडी जुध्न सक्छ । आफ्नो लेनमा बसेर अनुशासित हुने र विपरित दिशाबाट आएको गाडीलाई हेरेर मात्रै ओभरटेक गर्ने गर्दा पनि दुर्घटनाको जोखिम कम हुन्छ ।
अर्काे महत्वपूर्ण कुरा भनेको जाँडरक्सी खाएर गाडी चलाउने अनि फोनमा बोल्दै गाडी हाँक्ने गर्दा दुर्घटना हुने गरेको छ । जाँडरक्सी खाएको मान्छे हामीले सडकमा देखेको छाैँ नि यतै लडेको, दायाँबायाँ गर्दै हिँडेको । यस्तो मान्छेले आफैँलाई सम्हाल्न सकेको हुँदैन । अब आफैँलाई सम्हाल्न नसक्ने मान्छेले गाडी सम्हाल्न सक्छ त ? पक्कै सक्दैन र दुर्घटना हुन्छ ।
अर्काे मोबाइलमा कुरा गर्दै गाडी चलाउने गर्दा पनि दुर्घटना हुन सक्छ । ध्यान बाटोमा हुनुपर्ने, तर फोनमा हुन्छ । कहिलेकाहीँ साहुको गाली सुनेर चलाएको हुन सक्ला, कहिले श्रीमतीसँग फोनमा झगडा गरेको हुन सक्ला । कारण जे होस्, गाडी चलाउँदा ध्यान भड्कियो भने दुर्घटना हुन सक्छ, जुन फोनमा कुरा गर्दा पनि भएको हामीले पाएका छौँ ।
यो सबै भनेको ट्राफिक नियम हो नि । हाम्रो यात्रालाई सुरक्षित बनाउनको लागि भनेर यस्तो नियम बनेको हो । तर धेरैले यो नियमलाई मान्नै चाहँदैनन् । बरु दुर्घटनाको जोखिममा पर्न चाहन्छन्, तर नियममा बस्न चाहन्नन् । खोइ यो कुरामा मलाई पनि अचम्म लाग्छ । ज्यानभन्दा ठूलो अरु केही छैन नि । हाम्रोमा त अझै ट्राफिक नियम जानेर पनि नमानेको कारण यस्तो घटना भएको हो । जानेपछि मान्नुपर्छ नि । जान्ने तर बुझ पचाउने र नमान्ने भैरहेको छ ।
सबैले यो कुरामा ख्याल गरे धेरै दुर्घटना कम हुन्छ । अनि अर्काे कुरा त हामीले सवारीचालक अनुमति पत्र (लाइसेन्स) दिने पक्रिया पनि परिर्वतन गर्नुपर्छ । मेरो विचारमा त प्राइभेट गाडी चलाउने र भाडाका गाडी चलाउने चालकले लाइसेन्स लिने प्रक्रिया परिवर्तन हुनैपर्छ र दिने लाइसेन्सको प्रकार पनि फरक हुनुपर्छ ।
प्राइभेट गाडी चलाउने मान्छेले आफ्नो गाडीमा आफू, आफ्नो परिवार र आफन्तहरु बोकेर गएको हुन्छ । तर भाडाको गाडी चलाउने चालकले त ५०-६० जना यात्रु बोकेको हुन्छ । अनि दुबैले पाउने लाइसेन्सको प्रकार पनि एउटै अनि मान्यता पनि एउटै हुन्छ । त्यसैले यो जिम्मेवारीको हिसाबले र क्षमताको आधारमा लाइसेन्सको प्रकार हुनुपर्छ जस्तो मलाई लाग्छ ।
विशेषगरी सरकारले भाडाको गाडी चलाउने चालकले लिने लाइसेन्सको प्रक्रिया पनि फरक गर्नुपर्छ । यस्तो चालकलाई सरकारले ट्राफिक नियम जानकारी, यसको पालना, पालना गर्दाको फाइदा र बेफाइदा लगायत विविध विषयमा एक महिनासम्म निःशुल्क तालिम दिनुपर्छ । र यस्तो तालिमबाट पास भएपछि मात्रै चालकले लाइसेन्सको फारम भर्ने व्यवस्था मिलाउनुपर्छ ।
अर्काे सरकारले नै आफ्नो तवरबाट ड्राइभिङ सेन्टर खोलेर तालिम पनि दिनुपर्छ । हाम्रो त घरमा सिक्ने, चउरमा सिक्ने गरेर पनि चालक बनेको हुन्छ । ट्रायलमा पास हुनको लागि सिक्छ र गाडी लिएर निस्किन्छ । यसले पनि दुर्घटनालाई बढाएको देखिन्छ । त्यसैले सरकारले लाइसेन्स लिन चाहानेको लागि प्रशिक्षण दिनुपर्छ । जहाँबाट लाइसेन्स लिने हो, त्यही ठाउँमा तालिम दिने ठाउँ खोल्ने हो भने दुर्घटना न्यूनीकरणमा मद्दत पुग्छ र दुर्घटनाबाट हुने धनजनको क्षतिमा पनि कमी आउँछ नि ।
अर्काे कुरा लाइसेन्स लिने उमेर पनि तोक्नुपर्छ । अहिले १६ वर्षमा मोटरसाइकलको लाइसेन्स लिन पाइन्छ । भर्खर एसईई पास गरेको हुँदैन, उसले लाइसेन्स लिन पाउँछ । सडक र त्यसबारे ज्ञान पनि हुन्न । उमेर र अनुभवको हिसाबले पनि कम हुन्छ । यसले दुर्घटनाको जोखिम बढ्छ ।
त्यसैले यसलाई परिर्वतन गरेर १८ वर्ष बनाउने हो भने सोचाइ र दिमागको हिसाबले परिपक्व हुन्छ र जोखिम कम हुन सक्छ ।
अझै मैले देखेको पनि छु, मान्छे सानो र कम उमेरको हुन्छ, तर उसले ठूलो गाडी चलाएको हुन्छ । यसले गर्दा पनि दुर्घटना बढेको हो जस्तो लाग्छ । लाइसेन्स दिने प्रक्रिया पनि परिर्वतन हुने हो भने यसले पनि दुर्घटना कम गर्न मद्दत गर्न सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।