एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाडौ – अहिले काठमाण्डौ उपत्यकासहित देशभर कुहिरो लागेको छ ।
केही दिन अघिको वर्षाका कारण जलवाष्पयुक्त हावा विकास हुँदा देशभर कुहिरो लागेको मौसमविद्ले बताएका छन् । केही दिन अब मौसम यस्तै रहने पनि उनीहरुले बताएका छन् ।
आज काठमाण्डौसहित पहाडी क्षेत्रमा दिउँसो भने घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर तराईका जिल्लामा भने आज दिनभर नै कुहिरो लाग्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
यस्तै आज राति देशका विभिन्न ठाउँमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको पनि उहाँले बताउनु भयो । तर पानी पर्ने सम्भावना भने छैन ।
मंगलबार बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।