गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
दाङ - दाङमा मानसिक सन्तुलन गुमाएका, अलपत्र बनेका र बेसहाराभई सडकमा आएका मानिसहरुको उद्धार गर्न थालिएको छ । निलसागर मानव सेवा आश्रमले दाङका सडक तथा बजार क्षेत्रमा रहेका त्यस्ता व्यक्तिहरुको उद्धार गरेर आश्रममा राख्न थालेको हो ।
केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको याे संस्थाले देउखुरीको सिसहनियामा रहेको पिपरी चोकमा आश्रम स्थापना गरेको छ । देउखुरी क्षेत्रबाट ९ जना व्यक्तिको उद्धार गरेको संस्थाले साेमबार घोराही बजार क्षेत्रमा रहेका त्यस्ता व्यक्तिहरुको पनि उद्धार गरेको हो ।
मानसिक सन्तुलन गुमाएका, घरबाट तिरस्कृत भएका, बेसहारा भएर सडकमा आएका व्यक्तिहरुको उद्धार गरेर आश्रय दिनुकासाथै उपचारकोसमेत व्यवस्था मिलाइएकाे संस्थाका अध्यक्ष सरीता खनालले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुलाई उद्धार र आश्रमसम्म पुर्याउन संस्थासँग घोराही उपमहानगरपालिकाले समन्वय गरेको छ ।
आश्रममा उपचार, मनोविमर्श, खाना, आवास, सरसफाई, योगा जस्ता कार्यहरु हुदै आएको र अहिलेसम्म संस्थाले ३ सय जनालाई स्वस्थ बनाएर घरमा पुर्नमिलन गराएको अध्यक्ष खनालले जानकारी दिनुभयो । संस्थाले दाङसहित कोहलपुर, नेपालगञ्ज, बार्दिया, सुर्खेत, पाल्पामा शाखा स्थापना गरेको जनाएको छ । सुरुमा सामाजिक सहयोगबाट अभियान थालेको संस्थालाई अहिले सरकारले सहयाेग पनि उपलब्ध गराएको छ ।
बाँकेमा भवन बनाउनका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ भने थप व्यवस्थापनका लागिसमेत बजेटको व्यवस्था गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।