गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
दाङ – कुनै कामकाे ठेक्का लिने र समयमा नै नसक्ने याे नेपाली ठेकेदारहरुकाे पुरानाे राेग हाे । जिम्मा लिएकाे सडक, पुल र भवन अलपत्र पारेर छाेडिएका उदाहरण प्रशस्तै छन् ।
तर सबै ठेकेदार उस्तै हुँदैनन् भन्ने गतिलाे उदाहरण दाङमा भेटिएकाे छ । तोकिएको समयभन्दा अघि दाङको ग्वारखोला पुल निमार्णकाे जिम्मा लिएको कालिका रसुवा जेभी कन्स्ट्रक्सनले भने ताेकिएकाे समय अवधिभन्दा सात महिनाअघि नै काम सकेकाे छ ।
ठेक्का सम्झाैताअघि नै पुलकाे काम सक्ने कालिका कन्स्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई बिजौरी उद्योग वाणिज्य संघले बिहीबार एक कार्यक्रमकाबीच तुलसीपुर उपमहानगरपालिका १८ बिजौरी सम्मान गरेको छ ।
बिजौरी उद्योग वाणिज्य सघं अध्यक्ष मुक्तिबहादुर वलि (मुकेश) को अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका १८ का अध्यक्ष माधव वलिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले राम्रो कामको सम्मान र सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयाे । उहाँले कालिका कन्स्ट्रक्सनले तोकिएको समयभन्दा ७ महिना अगाडि नै पुलको निमार्ण कार्य सम्पन्न गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कन्स्ट्रकसनका प्रतिनिधि सिनेटमान श्रेष्ठले आफूले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका साथ काम अगाडि बढाएको र त्यही अनुरुप सम्पन्न गर्न सफल भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
नाम: बरज किशोर पटेल
Dec. 27, 2019, 5:13 p.m.यस्ता कामहरुलाई हामी सबै जनाले पुरस्कृत गर्नुपर्छ किनकि यसले अरु ठेक्कादार लाई पनि ऊर्जा दिने भएका ले सबै नेपालीलाई थाहा पाउन सकिन्छ।।