पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण ...
मंसिर १८, २०८१ मंगलबार
दाङ – घोराही उपमहानगरपालिकाले नगल्ने फाेहर खरिद गर्ने भएको छ । नगरको वातावरण तथा विपद् व्यवस्थापन समितिअन्तर्गतकाे सरसफाइ स्वच्छता शाखाले नगल्ने फोहरहरुको वर्गीकरण गरेर खरिद गर्ने निर्णय गरेको हो ।
कपडा र फेरि प्रयोगमा आउने प्लास्टिकजन्य फोहरलाई प्रतिकिलो ५ रुपैयाँ र फेरि प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो । प्रत्येक वडाका टोल विकास संस्थाले नगल्ने फोहर निश्चित ठाउँमा संकलन गर्ने र उपमहानगरले खरिद गरेर बाहिर बिक्री गर्ने योजना बनाएको छ ।
फोहरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाइको कार्यक्रमअन्तर्गत साबुन, ब्रस, हारपिक खरिद गर्ने नीति लिइएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
नगल्ने फोहर खरिद गर्न नगरले चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै उपमहानगरले प्लास्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाइबरका झोलालाई प्रोत्साहन गर्ने नीति अघि सारेको उहाँको भनाइ छ ।
नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहरलाई खेतबारीमै मलको रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । उपप्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउँदै फोहरलाई पैसासँग जोडेर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी सरसफाइ स्वच्छता शाखा प्रमुख प्रेम केसीले गल्ने र नगल्ने फोहरलाई अर्थसँग जोडेर व्यवस्थापन गर्ने र नगर क्षेत्रबाट निस्किएका गल्ने फोहरबाट घोराहीमा ग्यास र मल उत्पादनको तयारी भैरहेको जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।