गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
दाङ - जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईविरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा अदालतको अवहेलनाको मुद्धा दर्ता भएको छ ।
विप्लव समूहका नेता कार्यकर्तालाई अदालतले धरौटीमा छोड्न आदेश दिएपछि धरौटी बुझाउने क्रममा लछारपछार गर्दै फेरि गिरफ्तार गरेको भन्दै प्रहरी प्रमुख भट्टराई र जिल्ला प्रहरी कार्यालयविरुद्ध अवहेलनाको मुद्धा दर्ता भएको हो ।
घोराही-१६ की शिबा बोहरा, घोराही १७ की छिमा पुन, तुलसीपुर १२ की सीता ओली र लमही ३ का उमिरलाल चौधरीले अदालतले धरौटीमा छोडेका व्यक्तिलाई नियन्त्रणमा लिने कार्यले अदालतको अवहेलना भएकाे भन्दै प्रहरीविरुद्ध मुद्धा दर्ता गराउनुभएको हो ।
विप्लव समूहका नेताहरु तिलक पुन, एकराज चौधरी, धनबहादुर बोहरा र कुलबहादुर ओलीलाई अदालतले जनही १५ हजार रुपैयाँका दरले धरौटीमा छोड्न आदेश दिएको र प्रहरीले मुद्दा दर्ता कक्षमै अमानवीय ढंगले नियन्त्रणमा लिँदा अदालतको अवहेलना भएकाेले कारबाहीको माग गरिएको छ ।
निवेदनमा अवहेलना गर्नेहरुमाथि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।
गएको असोज ३० गते विप्लव समूहका २१ जना नेताहरुलाई पक्राउ गरिएको थियो । अदालतले पुस ७ गते जनही १५ हजारका दरले धरौटी माग भएको तर फेरि पक्राउ पर्ने भएपछि उनीहरु कारागार गएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।