काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
तनहुँ - पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयाे । थापाको घटनास्थलमै र गुरुङको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएकाहरुकाे भिमादका स्वास्थ्य संस्था र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयाे ।
हिलाम्मे सडकमा बस चिप्लिएर दुर्घटना भएको र बस सडकबाट झण्डै ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।