पानी र हिउँ परेपछि देशभरिकै तापक्रम घट्याे, नेपालगञ्जकाे तापक्रम भने ५ डिग्रीले बढ्याे

 माघ ५, २०७६ आइतबार ९:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पानी र हिउँ परेपछि देशभरिकै तापक्रम घटेको छ । देशका विभिन्न ठाउँको तापक्रम आज शनिबारभन्दा ३ डिग्री सेल्यिससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैकाे तापक्रम आज २ डिग्रीले घटेको छ । काठमाण्डाैको आज बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

यसैगरी शनिबार माइनस शून्य दशमलव १ डिग्री सेल्सियस रहेको जुम्लाको आज बिहानको तापक्रम माइनस २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

शनिबार ९ डिग्री सेल्सियस मापन गरिएको पोखराको तापक्रम आज बिहान ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै शनिबार न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको आजको बिहानको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।

धेरै ठाउँको तापक्रम घटे पनि नेपालगञ्जकाे तापक्रम भने शनिबारभन्दा ५ डिग्री सेल्सियसले बढेको छ । हिजो न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जकाे तापक्रम आज बिहान १४ दशमलव ४ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । 

यसैबीच केही दिनदेखि वर्षा र हिमपात गराएकाे मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनु भयो ।

उच्च पहाडी र हिमाली भेगमा भने सामान्य खालको बादल लाग्ने सम्भावना छ तर पानी वा हिउँ पर्ने सम्भावना भने नभएको उहाँले बताउनु भयो । अबको एक, दुई दिन पानी पार्ने खालको मौसमी प्रणाली नदेखिएकाले मौसम सफा रहने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया