पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सोलुखुम्बु – आन्दोलनका कारण तिन दिनदेखि अवरुद्ध बनेको सोलुखुम्बु–काठमाण्डौ सडक खण्डमा साेमबारदेखि सवारीसाधन सञ्चालन भएका छन् ।
ग्रामीण विद्युतीकरणको माग गर्दै तिङ्गलाबासीले गरेको आन्दोलनका कारण शनिबारदेखि ठप्प बनेको सवारीसाधन सोमबारदेखि सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मुख्य हाइड्रो प्रभावित क्षेत्र तिङ्गलामा विद्युत विस्तार नभइ पत्तालेबाट केन्द्रीय लाइन उद्धघाटन गर्न लागेको भन्दै शनिबारदेखि आन्दोलन भइरहेकाे छ ।
आफूहरुको सवारीसाधन सेवा बन्द गर्ने योजना नभए पनि प्रशासनले भने सुरक्षाको कारण देखाउँदै आइतबार पनि यातयात सञ्चालन हुन नदिएको तिङ्गलाबासीको दाबी छ । प्रहरी प्रशासनले भने ठाउँ–ठाउँमा रुख ढालिएकाे हुँदा सडक अवरुद्ध भएर यातयात ठप्प भएको बताएको छ ।
शनिबार प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरविर’ सहित अन्य जनप्रतिनिधि तथा सांसदहरुले केन्द्रीय विद्युत प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर तिङ्गलाबासीले प्रभावित क्षेत्र तिङ्गलामा विद्युत विस्तार नगरि पत्तालेबाट विद्युत उद्घाटन गर्न लागेको भन्दै कार्यक्रम बहिष्कार गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।