एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - पश्चिमी वायुको प्रभावले अहिले देशभरकै मौसम बदली भएको छ ।
बदलीसँगै पश्चिमका विभिन्न ठाउँमा चट्याङसहित वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिममा बिहानैदेखि पानी र हिउँ परेको र काठमाण्डाैसहित मध्य र पूर्वमा दिउँसोपछि पानी परिरहेको महाशाखाका मौसमविद गंगा नगरकोटीले बताउनुभयो ।
आज देशभरकै मौसम बदलीसहित वर्षा र हिमपात गराउने पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले भोलि शनिबारदेखि मौसम बिस्तारै खुल्दै जाने उहाँको भनाइ छ ।
मौसममा खराबी आएपछि आज दिनभरजस्ताे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको थियाे । भिजिबिलिटीमा थपघट भैरहेकाले उडान प्रभावित भएको हो । उडानका लागि आवश्यक भिजिबिलिटी २५ सय हो । तर भिजिबिलिटी पुग्दा उडान हुने र नपुग्दा रोकिने विमानस्थलले जनाएकाे छ। दिउँसाे राेकिएकाे उडान अहिले भने सुरु भएकाे विमानस्थलले जानकारी दिएकाे छ ।
यसैबीच आज पानी परेपछि काठमाण्डाैमा बढेको प्रदूषण केही घट्ने मौसमविद्ले बताएका छन् । गाडी र कलकारखानाबाट निस्कने धुवाँधुलोका कारण बढ्दै गएको प्रदुषण पानी परेपछि केहि कम हुने मौसमविद्ले बताएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।