६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
वीरगञ्ज - जलेश्वर भन्सार नाकाबाट उपभोग्य मिति सकिएको तीन ट्रक भारतीय चिनी नेपाल भित्रिएको छ ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले अयोग्य प्रमाणित गरेको चीनी जलेश्वर भन्सार कार्यालयले जाँचपास गरी नेपाल भित्रिन दिएको हो ।
गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा विदेशबाट भित्रिने सामान परीक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । तर त्यस विपरीत उपभोगका लागि अयोग्य चिनी जलेश्वर भन्सार कार्यालयले जाँचपास गरेर भित्रिन दिएको हो ।
सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाण्डौ आयातकर्ता रहेको ७२ हजार किलो चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।
राजस्व कार्यालय पथलैयाले यस विषयमा केही बोलेको छैन । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति सकिएको खाद्यवस्तुको आयात र जाँच पास दुवै गर्न नमिल्ने बताउनुभयो ।
उहाँले जलेश्वर भन्सारले चिनी जाँच पास गरेको आफूलाई जानकारी नभएको बताउँदै आयात निर्यात प्रमाणीकरण कार्यालयले चिनी उपभोगको लागि योग्य नरहेको घोषणा गरेपछि चिनी जाँचपास गर्न नमिल्ने बताउनुभयो ।
उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गरिने बताउनुभयो । सन् २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना रहेको उल्लेख गरिएको छ ।
उल्लेखित मितिअनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामा सकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।