पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - सरकारले रुघाखोकी र सामान्य ज्वरो आएका तथा विदेशबाट फर्किएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनुरोध गरेको छ ।
१ सय ४ डिग्रीभन्दा माथि ज्वरो आए तत्काल अस्पताल जान र सामान्य ज्वरो र रुघाखोकी लागेमा चाहिँ घरमै क्वारेन्टाइनमा अर्थात छुट्टै बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । तर विदेशबाट फर्किएका जोकोहीलाई पनि घरमै क्वारेन्टाइनमा बस्न मन्त्रायलको आग्रह छ ।
कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना सर्ने जोखिम हुने भएकाले विदेशबाट आएका व्यक्तिलाई १४ दिन दुःख खप्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभयो ।
घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्ने, मास्क लगाउने, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्ने, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्ने, अरु व्यक्तिसँगको दूरी बढाउने, भान्सा, बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजाने, घरबाट बाहिर ननिस्कने, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुने, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, आफूले प्रयोग गरेका कपडा, रुमाल अरुलाई प्रयोग गर्न नदिने र मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले आग्रह गर्नुभयो ।
यस्तै छुट्टै बस्दा पनि नियमित तापक्रम जाँच्ने र रुघाखोकी लागे तत्काल अस्पताल जान पनि उहाँको सुझाव छ । छुट्टै बसेको १४ दिनपछि कोरोनाको कुनै लक्षण नदेखिए मात्र आफन्त भेट्न उहाँको सुझाव छ ।
आफन्तलाई भेट्नुअघि आफ्नो नजिकैको स्वास्थ्य संस्थामा जँचाउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । सरकारले विदेशबाट आउने नागरिकलाई आजदेखि विमानस्थलदेखि नै निगरानीमा राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।
त्यसै अनुसार विमानस्थल ओर्लनेबित्तिकै उनीहरुलाई १४ दिनभित्र गर्न हुने र नहुने कामको विवरण सहित फारम भर्न लगाउने र उनीहरुसँग नियमित सम्पर्कमा रहने सरकारको तयारी छ ।
यसैबीच अहिलेसम्म ४ सय ५६ जनाको कोरोना परीक्षण गरिएकामा एक जनाबाहेक अरुमा कोरोना नभएको पाइएकाले नआत्तिन तर सावधानी भने अपनाउन सरकारले आग्रह गरेको छ ।
विदेशबाट आएका व्यक्ति र उसको सम्पर्कमा रहेका व्यक्तिमा १४ दिनभित्र रुघाखोकी तथा ज्वरो आए निगरानीमा राख्ने गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पनि काठमाण्डाै टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ जना र एक जना ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा गरी ६ जनालाई निगरानीमा राखिएको छ ।
रुघाखोकी लाग्नु तर खकार नआउनु, १ सय ४ डिग्री भन्दा धेरै ज्वरो आउँनु, घाँटी दुख्नु, मासु दुख्नु र सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । कोरोना भएपछि निमोनिया हुने र मिर्गौलालगायत शरीरका मुख्य अंग खराब भएर ज्यानै जाने गरेको पाइएको छ ।
बाहिरबाट घर फर्किएपछि साबुनपानीले मिचिमिची हात धुन, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउन, खोक्दा र हाच्छँयु गर्दा नाक र मुख छोप्न तथा ज्वारो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो भए स्वास्थ्य संस्थामा जान पनि डाक्टरको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।