पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – सरकारले आज (मङ्गलबार) देखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ । त्यसको लागि आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ ।
सबै जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अत्यावश्यक सामान ढुवानी गरिरहेका गाडीलाई आहोर दोहोरमा कुनै अवरोध नगरेको बताउनुभयो । तर लकडाउनको उल्लङ्घन गर्ने गाडी र पैदलयात्रु बढेपछि आजदेखि थप कडाइ गर्न निर्देशन दिएको उहाँको भनाई छ ।
साेमबार नागढुङ्गा नाका हुँदै सयौँको सङ्ख्यामा मानिस काठमाण्डाै भित्रन खोजेपछि सरकारले आजदेखि थप कडाइ गर्ने निर्णय गरेको हो । उनीहरुमध्ये धेरैलाई प्रहरीले जताबाट आएको त्यतै फर्काइएको छ ।
केहीलाई क्वरेण्टीनमा पठाइएको र स्वास्थ्य जाँचका लागि आएकालाई स्वास्थ्य परीक्षण गरेर काठमाण्डाै भित्र्याइएकाे छ । उनीहरुलाई मर्कामा नपारिकन काम गरिएको प्रहरीको दाबी छ । तर रातभरिको यात्रा गरेर आए पनि फर्काएको भन्दै उनीहरुले दुखेसो पोखेका छन् ।
यसैबीच साेमबारसम्म नागढुङ्गा नाकाबाट दैनिक एक सयभन्दा धेरै गाडी आहोर दोहोर गर्ने गरेकामा आजदेखि आहोर दोहोरमा रोक लगाउने निर्णय भएको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।