पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सोलुखुम्बु - सगरमाथा क्षेत्रलाई सदरमुकामसँग सडकले जोड्ने माप्य–खुम्बु मितेरी पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदुधकोसी गाउँपालिकाको सिमानामा निर्माणाधीन मोटरेबल पुलको काम करिब ९० प्रतिशत सकिएको माप्यदुधकोसी गाउँपालिकाका उपाध्यक्ष जुनिता माया मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार ढलानको कामबाहेक स्टील ब्रिज निर्माणलगायतका सबै काम सकिएको छ । ढलानको काम मात्रै बाँकी रहेकोले बिहीबारदेखि ढलानको काम सुरु हुने उपाध्यक्ष मगरको भनाइ छ ।
माप्यदुधकोसी, खुम्बु पासाङ ल्हामु गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको माप्य–खुम्बु मितेरी ट्रसब्रिजको उद्धघाटन जेठ १५ गते गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
सगरमाथा क्षेत्रलार्ई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ निर्माण गरिएको मितेरी ट्रष्टब्रिजको शिलान्यास गएको मङ्सिर १३ गते प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्यदुधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बु पासाङ ल्हामू गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।