पुवाखोला हाइड्रोपावरका कर्मचारी २२ महिनादेखि तलबविहीन

 जेठ २, २०७७ शुक्रबार १३:४८:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोला-१ हाइड्रोपावरको उत्पादन गृहमा कार्यरत कर्मचारीले तलब र अन्य सेवासुविधा नदिइएको गुनासो गरेका छन् । 

तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले विगत २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका हुन् । लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको इन्टेकमा कार्यरत कर्मचारी निर्मल घिमिरेले बताउनु भयो । 

कम्पनीले २३ जना कर्मचारीको ४० लाख रुपैँयाभन्दा बढी तलब दिन बाँकी रहेको बताइएको छ ।  उहाँले भन्नु भयो, ‘झण्डै दुई वर्षको तलब पाउन बाँकी रहेको छ । खाइपाइ आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर व्यवस्थापनले उल्टै जागिर छोड्न दबाब दिने गरेको छ । ’

हाइड्रोपावरमा हाल २० जना कर्मचारी कार्यरत छन् । काम छोडिसकेकाले पनि आफ्नो तलब अहिलेसम्म नपाएको कर्मचारीहरु बताउँछन् । कर्मचारीको मात्र नभइ हाइड्रोपावरले निर्माण अवधिको कामदार, ठेकेदार र निर्माण सामग्रीको पैसासमेत भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । 

यता हाइड्रोपावरका कदम केसीले भने आयोजना घाटामा रहेकाले सयमै तलब दिन नसके पनि समय-समयमा तलब भुक्तानी गर्दै आएको जानकारी दिनुभयो । 

केसीले भन्नुभयाे, ‘आयोजना घाटामा छ, हामीले ऋण काढेर भए पनि केही महिनाको तलब दिइसकेका छौँ । अब केही दिनमै हामी बाँकी तलब भुक्तानी गर्छौँ ।’ दबाबको भरमा काम नगरी जागिर खाइरहेका सबैलाई काममा लगाउन नसकिने उहाँको भनाइ छ । 

केसीले अनुसार एक पटकलाई भुक्तानी गर्ने र जागिर छोड भनेकाले अब पनि नछोडे अर्को पटक तलब खुवाउन असमर्थ हुने बताउनुभयाे ।

 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया