सोलुखुम्बु : कोरोना सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल सिल, चिकित्सक क्वरेन्टीनमा

 जेठ १६, २०७७ शुक्रबार १२:१४:४३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : सोलुखुम्बुम एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको घर र  जिल्ला अस्पताल सिल गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका २७ वर्षीय युवामा कोरोना पुष्टि भएसँगै बिहीबार बसेको कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) को बैठकले सिल गर्ने निर्णय गरेको हो ।

निमोनिया र श्वासप्रस्वासको लक्षण देखिएर जिल्ला अस्पताल फाप्लुमा भर्ना भएका युवामा सङ्क्रमण पुष्टि भएपछि अन्यमा सङ्क्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई क्वरेन्टीनमा राखिएको छ । युवाको परिवार र उपचारमा संलग्न चिकित्सकहरुको पीसीआर परिक्षण गरिने तयारी भइहेकाले उनीहरुको रिपोर्ट नआएसम्म सिल गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा गरिएको परिक्षणमा सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई थप उपचारका लागि बिहीबार नै कोरोना अस्पताल विराटनगर पठाइएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया