नेप्से २१ अङ्कले बढ्यो

 भदौ १०, २०७७ बुधबार १७:४१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से २१ अङ्कले बढेको छ । नेप्से बुधबार २१ दशमलव एक अङ्कले बढेर १४ सय ६२ दशमलव शून्य तीन अङ्कमा पुगेको हो ।  

जीवन बीमा र व्यापार समूह बाहेक अरु सबैजसो समूहको शेयर बुधबार बढेको छ । निर्जीवन बीमा समूहको शेयर ५१ अङ्कले, माइक्रोफाइनान्सको ४१, विकास बैंकको २५, बैंकको २० र अन्य समूहको शेयर १७ अङ्कले बढेको छ । 

बुधबार दुई अर्ब ६५ करोड ६१ लाख  बराबरका ५८ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ३४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

नेपाल फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै साढे सात प्रतिशत कमाएका छन् । तर समग्र बजार बढे पनि समृद्धि फाइनान्सका शेयरधनीले भने झण्डै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया