पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से पाँच दशमलव ३६ अङ्कले बढेर १५ सय ४१ दशमलव ४० अङ्कमा पुगेको छ ।
बुधबार बैंक बाहेक अरु सबैजसो समूहको शेयर बढेको छ । होटल समूहको शेयर एक सय ४२ अङ्कले, जीवन बीमाकाे ७२ अङ्कले, जलविद्युतको ५४ अङ्कले र निर्जीवन बीमा कम्पनीको शेयर ४२ अङ्कले बढेको छ ।
बुधबार एक सय ९४ कम्पनीका ६३ लाख ९० हजार कित्ता शेयर एक अर्ब ८४ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको नौ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै तीन वटा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि एनआईसी ब्यालेन्स फन्ड र लक्ष्मी इक्युटी फन्डका लगानीकर्ताले झण्डै चार प्रतिशतका दरले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।