पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले टाटा अल्ट्रोज डिजिटल प्रबिधिमार्फत बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको हो ।
गाडी सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेइकल इन्टरनेशनल बिजनेस हेड सुजन रोयले प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार विस्तारमा सहयोग पुर्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । यस्तै सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज सार्वजनिक हुनुले प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप भएको बताउनुभयो ।
यसैबीच सिप्रदी ट्रेडिङ प्रालीले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेर बिहीबारदेखि नेपालभरिका सबै डिलरमार्फत गाडीको बुकिङ पनि खुला गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यही वर्षको सुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।
टाटा अल्ट्रोज अल्फा (ब्रीँब्) (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको एकमात्र पहिलो गाडी रहेको कम्पनीकाे दाबी छ । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इण्डस्ट्रिज–फर्स्ट, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन् ।
यसैगरी टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याकमा जडित १ दशमलव २ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेको मल्टिड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुला र फराकिलो छ ।
टाटा अल्ट्रोजमा आइडल स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका विशेषता छन् । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी र डुअल एअर ब्यागहरु छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।