पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – दशैँमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ ।
यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ । विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताउनुभएको छ ।
यस वर्षको दशैँमा चार/पाँच लाखको सङ्ख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने देखिएको उहाँले बताउनुभयो । अहिले पनि काठमाण्डाैबाट मध्यम र लामो दुरीका सवारी साधनमा आधा सङ्ख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उहाँले बताउनुभयो । तर पनि २५ गतेपछि यात्रुको सङ्ख्या बढ्ने सम्भावना देखिएकोले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौँ त्यहीँ दशैँ मनाउन अर्थात् यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आँकलन आफूहरुको रहेको भुसालले बताउनुभयो । तर अग्रिम टिकट बुकिङको व्यवस्था नभए पनि दशैँमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।
गएकाे वर्ष दशैँको बेलामा झण्डै २० लाख मानिसहरु काठमाण्डाैबाट बाहिरिएका थिए । तर अहिले चार/पाँच लाखको सङ्ख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने देखिएको भुसालको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।