नेप्से झण्डै ११ अङ्कले बढ्यो, ४ अर्ब ८२ करोड रुपैयाँभन्दा धेरैको कारोबार

 कात्तिक २७, २०७७ बिहीबार १७:३६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक बिहीबार पनि बढेको छ । बुधबार सामान्य बढेको नेप्से बिहीबार १० दशमलव ८२ अङ्कले बढेर १७ सय १८ दशमलव ४९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस्तै बिहीबार 'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २७ अङ्कले बढेको छ ।

बिहीबार बैंक, व्यापार, निर्जीवन, अन्य र म्युचल फण्ड समूहको उपसूचक बढेकाे छ । होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र जीवन बीमा समूहको उपसूचक भने घटेकाे छ ।

बिहीबार चार अर्ब ८२ करोड रुपैयाँभन्दा धेरैका एक करोड ३८ लाख कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार विशाल बजार कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले ५ दशमलव २३ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया