पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
जाडो समयमा अरु रोगसहित कोरोना भाइरसको जोखिम पनि बढी हुन्छ । सामान्यतया गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ । वृद्धवृद्धा, बालबालिका दीर्घरोगी तथा अरु विभिन्न खालका रोग भएका व्यक्तिहरु धेरै प्रभावित हुने गर्छन् ।
जाडो मौसममा खासगरी कोरोनासँगै मौसमी फ्लू, पखाला लगाउने रोटा भाइरस लगायतका भाइरसहरु सक्रिय हुने गर्छन् । यिनीहरु गर्मीको तुलनामा जाडोमा लामो समयसम्म बाँच्न सक्ने हुन्छन् । यी कारणले गर्दा जोखिम बढेर जाने सम्भावना बढी हुन्छ ।
गएको दुई हप्तायता नेपालमा कोरोना संक्रमितको सख्या घट्दै गएको छ । तर मृत्युदर भने बढ्दै गएको छ । दुई हप्ता यताको तथ्याङ्क हेरेर जाडोमा कोरोनाको संक्रमण घटेर जाला वा कन्ट्रोल होला भन्न सकिँदैन।
दमका रोगी, सुत्केरी, गर्भवती तथा क्यान्सरका बिरामीलाई जाडोको बेला झन् बढी समस्या हुन सक्छ । यो समयमा फ्लूको पनि जोखिम हुन्छ । मानिसहरु जाडो छल्न हिटर बालेर बस्ने, झ्याल ढोका बन्द गर्ने गर्छन् । यसले गर्दा श्वासप्रश्वासमा समस्या हुन सक्छ । यी कारणले पनि मृत्युदर बढेको हुन सक्छ । त्यसैले संक्रमण दर घटे पनि मृत्युदर बढिरहेको छ ।
हुन त पहिला भर्ना भएर बसेका बिरामीहरुको ज्यान गएकाले मृत्युदर बढेको हो । केही समयमा मृत्युदर घटेर पनि जान सक्ला । तर पनि कोरोना भाइरस नयाँ भएकाले सबै कुरा भन्न सकिँदैन । अमेरिका, बेलायत तथा युरोपका विभिन्न देशहरुमा एकपटक संक्रमण दर घटेर जाने भए पनि फेरि बढेको प्रशस्तै उदाहरण छन् । नेपालमा खोपको उपलब्धता तुरुन्तै हुन सक्ने अवस्था छैन । त्यही भएर केही समय अझै कोरोनाका बिरामी बढ्न सक्छन्. ।
पहिलादेखि नै निमोनियाका समस्या भएमा फ्लूको भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । कोठामा बस्दा झ्याल ढोका खोलेर बस्ने, घाम छिर्ने ठाउँमा बस्ने, सरसफाइमा ध्यान दिने र सुरक्षा सावधानी अपनाएमा मृत्युदर र संक्रमण दर कम गर्न सकिन्छ ।
खासगरी दीर्घरोगी, बुढापाका, मुटुका रोगी, दमका बिरामी, क्यान्सरका बिरामी, मिर्गौलासम्बन्धी समस्या भएकाहरु, सुत्केरी, गर्भवती बढी जोखिममा पर्ने देखिन्छ । ब्लडप्रेसरका बिरामीलाई भने जोखिम समूहमा लिन सकिँदैन । किनभने अहिले हरेक घरमा ब्लडप्रेसरका बिरामी छन् । तर पनि केही खालका यस्ता व्यक्तिहरु संक्रमणको जोखिममा हुने गर्छन् ।
अहिलेको अवस्थामा बालबालिकामा संक्रमणको जाखिम भए पनि मृत्युदर त्यति छैन । नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा बालबालिका धेरै जोखिममा छैनन् । यसको विभिन्न कारण हुन सक्छन्, त्यो भने खोज्न बाँकी नै छ ।
सावधानीका उपाय निरन्तर अपनाउनुपर्छ । सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन । निस्कनै परेमा उचित रुपमा मास्कको प्रयोग गर्ने तथा दूरी कायम गर्ने कुरालाई ख्याल गर्नुपर्छ । पछिल्लो समय स्कुल तथा कलेज खुल्न थालेका छन् । अब बिस्तारै चर्च तथा मन्दिरहरु पनि खुल्न थाल्छन् । त्यस्ता ठाउँमा जाँदा विषेश ध्यान दिनुपर्छ । अहिले होटल तथा रेस्टुरेन्टमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन ।
सार्वजनिक गाडी चढ्दा पनि ध्यान दिनुपर्छ । माइक्रो तथा टेम्पोमा चढ्दा झनै ख्याल गर्नुपर्छ । स्पेस कम हुने भएकाले कोरोना सर्ने जोखिम बढी हुन्छ । अबका दिनमा अस्पतालहरुमा अक्सिजनको मात्रा बढाउन आवश्यक छ । कतिपय व्यक्तिहरुले अक्सिजनको कमीका कारण पनि ज्यान गुमाएको पाइएकाले अक्सिजनको राम्रो व्यवस्थापन आवश्यक छ । बिरामीको समयमा उपचार भयो भने मृत्युदर कम गर्न सहयोग पुग्छ । र हामी पनि जोखिमबाट बच्न सक्छौँ ।
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेसँग जानुका दुवाडीले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ ।