वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था नवीकरणको लागि निवेदन दिन मन्त्रालयको आग्रह

 मंसिर २१, २०७७ आइतबार १२:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरणको लागि निवेदन पेश गर्न मन्त्रालयको आग्रह गरेको छ ।

वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र संस्था नवीकरण गरिसक्नुपर्ने भएकाले समयमै तोकिएको दस्तुर बुझाइ नवीकरण गर्न मन्त्रालयले आग्रह गरेको हो ।

एभरेष्ट बैंक, सिंहदरबार शाखाको ००१००१०६२००००० खाता नम्बरमा तोकिएको दस्तुर रकम जम्मा गरी त्यसको भौचर र साथमा आवश्यक कागजातसहित पौष एक गतेदेखि पौष मसान्तभित्र मन्त्रालयमा सूचीकरण नवीकरणको लागि निवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

निवेदनसाथ पेश गर्नुपर्ने कागजात र विवरहणहरु नोटरी पब्लिककाे कार्यालयबाट प्रमाणित गरी पेश गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया