पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
कैलाली – कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितको बिचल्ली भएको छ । पहिरोले बस्ती बगाएपछि र कतिपय बस्तीहरू उच्च जोखिममा परेपछि स्थायी बसोबासको खोजीमा हिँडेका २ सय ११ परिवार अहिले जङ्गलमा खुला आकाशमुनि चिसोमा रात बिताउन बाध्य भएका छन् ।
गएको साउनदेखि सुरक्षित वासस्थान खोज्दै हिँडेका वडा नम्बर १ देखि ६ का बासिन्दा तीन हप्तादेखि कैलालीकै गौरीगंगा नगरपालिका वडा नम्बर १ मा पर्ने पशुपति सामुदायिक वन छेउमा चिसोमै त्रिपाल मुनि रात बिताउन बाध्य छन् ।
पहिरोले घरबार विहीन बनाएपछि स्थायी बसोबास खोज्दै भौँतारिएका चुरेवासी पुस महिनाको चिसोमा जङ्गलमै त्रिपाल मुनि रात बिताउन बाध्य छन् । चुरे गाउँपालिकाले सुरक्षित बसोबासका लागि विकल्प समेत देखाउन नसकेपछि वडा नम्बर १ देखि ६ का बासिन्दा पहाड छोडेर कैलालीको गौरिगंगा नगरपालिका क्षेत्रमा पर्ने पशुपति सामुदायिक वनमा आइ पुगेका हुन् । यहाँ आएर त्रिपालमुनि चिसोमै भोकै, प्यासै रात बिताउनु परेपछि निकै समस्यामा परेको पीडित टेक कार्की र सुमित्रादेवी कार्कीले बताउनुभयो ।
पहिरोबाट विस्थापित भएपछि उनीहरू साउनदेखि चुरेकै राजमार्ग छेउ र सामुदायिक भवनहरूमा बस्दै आएका थिए । स्थानीय तहले एकीकृत बसोबासका लागि पहल गर्ने भनेर लगत सङ्कलन गरे पनि ६ महिनासम्म त्यसको कुनै टुङ्गो नलागेपछि पहाड छाडेर तराइसम्म आउनुपरेको तराई आउनुभएका टीकादेवी बुढा र गोविन्द धामीले बताउनुभयो । बालबालिका सहित सामुदायिक वनमा आएर कठ्याङ्ग्रिँदो चिसोमा बस्नुपर्दा उनीहरूको बिचल्ली भएको छ ।
आफूहरूका समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा कसैले पहल नगरिदिएको उनीहरूको गुनासो छ । चुरे गाउँपालिकामा पर्ने पट्रेनी, गुणी, सल्लेरी लगायतका छरिएका बस्तीमा दुई दशक अघिबाटै पहिरोले बस्तीहरू बगाउन सुरु गरेको थियो । अहिले स्थानीय तहले ती बस्तीहरू जोड्न सडक खनेपछि जोखिम झन् बढेकाले चुरे गाउँपालिकावासी वासस्था नै छोडेर हिँडेका हुन् । तर उनीहरूको स्थायी बसोवासका लागि भने तीन तहकै सरकार मूकदर्शक मात्रै बनेका छन् ।
कैलालीको चुरे पहाड क्षेत्रमा जथाभाबी सडक खनिएपछि पहिरोको जोखिम प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ । गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको बजेटमा निर्माण हुने सडकका कारण चुरे पहाड क्षेत्रका धेरै ठाउँमा पहिरो गएको छ । जसका कारण कैलालीको चुरे गाउँपालिकाका मात्रै दुई सय बढी परिवार विस्थापित भएका छन् । झण्डै एक दर्जन परिवार नयाँ निर्माण गरिएका सडकका कारण विस्थापित भएका हुन । उनीहरु गौरीगंगा नगरपालिका चौमालाको जंगल क्षेत्रमा बस्दै आएका छन् । चुरे गाउँपालिका–५ को गुणी र पट्रेनीमा गएको पहिरोको एक कारण सडक भएको स्थानीय सुरेश अर्यालले बताउनुभयो । “बस्तीमाथिबाट जथाभाबी सडक खनिएपछि बर्खामा पहिरो गयो”, उहाँले भन्नुभयो ।
चुरेको गुणीका स्थानीयलाई लक्षित गरि खनिएको सडकका कारण गएको पहिरोले ६० बढी परिवार विस्थापित भए । सो गाउँ ठूलो रहेको र गाउँको केही क्षेत्रमा पहिरो गएको दाबी वडा कार्यालयको छ । तर गाउँपालिकाले निर्माण गरेको सडकका कारण पहिरो गएको हुनसक्ने दाबी वडाध्यक्ष नरबहादुर तामाङ भने अस्वीकार गर्नुहुन्छ । “पहिरोका कारण घरहरु विस्थापित भएको कुरा साँचो हो”, उहाँले भन्नुभयो, “तर हामीले खनेको सडककै कारण हो भन्न मिल्दैन् । जथाभावी रुख कटानी पनि कारण हो । अव वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम पनि लागु भएको छ । जथाभावी हुने फडानी रोकिन्छ कि भन्ने विश्वास गरेका छौँ ।”
कानून अनुसार गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकन समेत नगरि निर्माण गरिने सडकमा पहिरो जान थालेपछि बस्तीहरु नै विस्थापित हुने अवस्था सिर्जना भएको छ । गुणी र पट्रेनी प्रतिनिधिमुलक गाउँ भएपनि चुरेका अधिकांश स्थानमा सडककै कारण पहिरो गएको बताइन्छ । चुरे पहाड क्षेत्रमा जथाभावी खनिने नयाँ सडकका कारण कयौँ बस्तीहरुको उठिबास भएको छ । तर गाउँपालिकाकी उपाध्यक्ष दिपादेवी साउँद पनि सडकका कारण पहिरो गएको कुरालाई अस्वीकार गनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिरो धेरै ठाउँमा गएको छ । विभिन्न कारणले पहिरो गएको छ । तर सडककै कारणले हो भन्न मिल्दैन ।”
भीमदत्त राजर्माको छेउछाउमा बसोबास गर्दै आएका चुरेका पहिरो पीडित अहिले तराई झरेका छन । दुई सय बढी परिवार गौरीगंगा नगरपालिको चौमाला नजिक माघीमा रहेको सामुदायिक वनको जंगल क्षेत्रमा बसोबास गर्दै आएका हुन् । उनीहरुलाई जंगल क्षेत्र खाली गर्न वन कार्यालयहरुले निर्देशन दिएको छ । तर चुरेमा पहिरो गएपछि बेघर भएका ती पीडितको जाने अन्त ठाउँ छैन ।
गएको असारमा पहिरोले घर भत्काएपछि घरविहीन बनेका कैलालीको चुरे गाउँपालिकाका २ सय ११ परिवार अहिले बिचल्लीमा परेका छन् । घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका पहिरो पीडितहरु विद्यालय सञ्चालनमा आएसँगै जंगलमा पुगेका छन् । वर्षातको समय विद्यालयको चौरमा बिताएका पहिरो पीडित पुष महिनाको जाडोमा जंगलमा पुगेका छन् । केही समयका लागि विद्यालयमा बस्ने व्यवस्था गरेको गाउँपालिकाले उनीहरुका लागि बसोबासको उचित व्यवस्था गर्न सकेको छैन । गाउँपालिकाले पहिरो पीडितका लागि वडा नम्बर ४ को टाँकगडामा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।
गाउँपालिकाको निर्णय अनुसार पीडित परिवार टाँकगडामा बसोबासका लागि गए पनि । तर, पहिरो पीडित आएको जानकारी पाउनासाथ स्थानीयले बिरोध गरेपछि पीडितको बिचल्ली भएको छ । बिस्थापितहरु बसेको ठाउँ सामुदायिक वन भएकाले आफूहरुले सो स्थानमा पीडितलाई बस्न नदिने स्थानीयको भनाई छ ।
गाउँपालिकाले पीडितको बैकल्पिक व्यवस्था गरेर अन्यत्र स्थानान्तरण गर्नुपर्ने सामुदायिक वनका पदाधिकारीको माग छ । गाउँपालिकाको निर्णय अनुसार टाँकगडाका पहिरो पीडित परिवारलाई स्थानीयको विरोधले समस्यामा पारेको छ । समस्या समाधानमा लाग्नु पर्ने गाउँपालिका पनि अहिले आएर आफ्नो निर्णयबाट पछाडि हटेको छ । सो स्थानमा पठाउने निर्णय आफूहरुले नगरेको र विस्थापितको व्यवस्थापनका लागि पहल भैरहेको चुरे गाउँपालिकाकाले जनाएको छ ।
गौरीगंगा नगरपालिका–१ को वन क्षेत्रमा त्रिपालको टहरा बनाएर बसिरहनु भएकी भावना कार्की आफ्नी सात महिने छोरी र दुई वर्षको छोरालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्तामा हुनुहुन्छ । चिसो बढेसँगै पहिरो पीडित शिविरमा बालबालिकाहरू बिरामी पर्न थालेका छन्, तर त्रिपालको टहराभित्र चिसो छेक्ने आवश्यक न्यानो कपडा उनीसँग छैन । लगाउने न्यानो लुगा समेत पर्याप्त नभएकाले बालबालिकालाई चिसोबाट बचाउन समस्या भएको उहाँले दुःखेसो पोख्नुभयो । ‘अस्ति छोरालाई ज्वरो आएपछि स्वास्थ्यचौकी लग्नुपरÞ्यो, डाक्टरले चिसोबाट जोगाउनु भनेका थिए ।’ उहाँले भन्नुभयो– ‘यस्तो चिसोमा टहरामा बस्नु परेको छ, न्यानो लुगा छैन । कसरी जोगाउनु ?’
त्यही शिविरमा बस्नु हुने सपना कार्कीलाई आफ्नोभन्दा डेढ वर्षीय छोराको चिन्ता बढी छ । आफू जसोतसो रात काटे पनि चिसोले नाबालक दुई छोरालाई समस्या भएको उहाँले बताउनुभयो ।
‘शीतलहरले त्रिपाल भिजेपछि कतिवेला भित्र समेत शीत चुहिन्छ । बाहिरको चिसो हावा त्रिपालले छेकिन्न ।’ उहाँले भन्नुभयो– ‘हामी श्रीमान–श्रीमती त जसरी तसरी रात कटाउँछौँ, बच्चालाई चिसोबाट बचाउन गाह्रो छ ।’ बिरामी भईहाले पनि उपचार गराउने पैसा नरहेको उहाँले दुखेसो पोख्नुभयो ।
हुस्सु र शीतलहरसँगै केही दिनयता कैलालीमा चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि गौरीगंगा नगरपालिका–१ स्थित वन क्षेत्रमा बसिरहेका पहिरो पीडित परिवारका बालबालिका बिरामी पर्न थालेका छन् । पुस महिनाको कठ्याग्रिँदो चिसोमा त्रिपालमुनि बसिरहेका बालबालिका र वृद्धवृद्धामा ज्वरो, रुघाखोकी, बान्ता आउने, झाडापखाला जस्ता समस्याहरू देखिन थालेका हुन् ।
जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिकाका पहिरो पीडित परिवार २६ मंसीरदेखि गौरीगंगा–१ को जंगलमा त्रिपालको टहरा बनाएर बसिरहेका छन् । गत साउनमा आएको पहिरोले विस्थापित परिवार सुरक्षित आवास खोज्दै तराई झरेका हुन् । अहिले चुरेको ५, ६ र ७ नम्बर वडाका दुई सय ११ पीडित परिवार यो जंगलमा त्रिपालको टहरा बनाएर बसिरहेका पहिरो पीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले बताउनुभयो । कार्कीका अनुसार टहरामा बसिरहेका करिब ४० जना बालबालिका छन् । ‘न्यानो लुगा छैन । आगो बाल्नका लागि जंगलबाट दाउरा लिन पाएका छैनौँ ।’ उहाँले भन्नुभयो– ‘बालबालिकाहरूमा रुघाखोकी, झाडापखाला, ज्वरो, बान्ता आउने जस्ता समस्या देखिन थालेका छन् । बुढापाका पनि चिसोले समस्यामा छन् ।’
आर्थिक अभावले छाक टार्नै समस्या भएका वेला बालबालिकाको उपचार गर्न नपाएको पहिरो पीडित चुरे– ६ का मने बुढाले बताउनुभयो । सामान्य बिरामी हुँदा सहेर बस्नुपर्ने बाध्यता रहेको उहाँको दुःखेसो छ । पीडितले जंगलमा पानीको व्यवस्था नहुँदा खोलाको पानी पिउने गरेका छन् । ‘जंगलबाट दाउरा ल्याउन पाएका छैनौँ । छेउछाउको बस्तीका बासिन्दाले यहाँबाट अन्यत्र जान दबाब दिइरहेका छन्।’ बुढाले भन्नुभयो–‘घरखेत पहिरोले बगायो, सरकारले बेवास्ता गर्यो, हामी कहाँ गएर बसौँ ?’
गौरीगंगाकै जंगलमा त्रिपालमुनि बसिरहनुभएकी पार्वती कार्कीको चुरे– ६, बबेडी स्थित खेतबारी गत साउनमा आएको बाढीले बगाएको थियो । पहिरोको जोखिमले घरभित्र बस्ने अवस्था नभएपछि प्रहरीले उहाँको र गाउँमा पहिरोले विस्थापित अन्य परिवारलाई स्थानीय धौलापहर आधारभूत विद्यालयमा राखेको थियो । कोरोनाले विद्यालय बन्द रहेकाले चार महिना विद्यालयमै बसेको उहाँले बताउनुभयो । विद्यालय खुल्न थालेपछि कतिपय पीडित परिवार भीमदत्त राजमार्गको छेउछाउ र गाउँको खुला ठाउँमा त्रिपाल टाँगेर बसेका थिए ।
चार–पाँच महिनासम्म पनि पुनस्र्थापनामा कुनै निकायले ध्यान नदिएपछि आफूहरू तराई झरेको चुरे–६ का पीडित सुर्जबहादुर कार्कीले बताउनुभयो । ‘पढाइ हुन थालेपछि विद्यालयले अन्यत्र जाउ भन्यो । राजमार्गमा बस्यौँ, त्यहाँ पनि बस्ने अवस्था नभएपछि तराई झरेका हौँ ।’ कार्कीले भन्नुभयो– ‘तर, हाम्रो पीडा कसैले पनि बुझेन ।’ कठ्याग्रिँदो चिसोमा आफूहरूले कष्टपूर्ण दैनिकी बिताइ रहँदा स्थानीय सरकारले पनि व्यवस्था गरेको गुनासो उहाँले गर्नुभयो ।
अर्का बाढीपीडित अर्जुन कार्कीले साउनमा विस्थापित हुँदा गाउँपालिकाबाट त्रिपाल र केही खाद्यान्न पाए पनि त्यसपछि कुनै निकायबाट सहयोग नपाएको बताउनुभयो । आफूहरू कष्टकर अवस्थामा रहे पनि स्थानीय सरकार सोध्न समेत नआएको उहाँले गुनासो गर्नुभयो ।
‘नजिकैको स्थानीय तहले वास्ता गरेनन् । प्रदेश सरकार पनि नजिकै छ । यतिधेरै पीडित परिवार बिचल्ली हुँदा प्रदेश सरकार पनि सुतेको छ ।’ कार्कीले दुखेसो पोख्दै भन्नुभयो– ‘तीनवटा सरकार नजिक हुँदा पनि हाम्रा दुःख कसैले देखेन ।’
चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकाले विस्थापित परिवारको पुनर्स्थापनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको बताउनुभयो । तराई झरेकामध्ये केहीको घरवास भए पनि आधा जति परिवार पहिरोबाट पूर्ण विस्थापित भएकाहरू रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाभरि पहिरो पीडित र जोखिममा रहेका दुई सय १० परिवारलाई पुनस्र्थापनाको माग गर्दै गाउँपालिका कार्यालयले गत असोजमा प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएको थियो । पुनर्स्थापना गर्न सकिने सम्भावित ठाउँ समेत उल्लेख गरेर प्रदेश सरकारलाई लिखित मागपत्र बुझाए पनि त्यसपछि केही सुनुवाइ नभएको अध्यक्ष रोकाले बताउनुभयो ।
पीडित परिवारलाई गाउँपालिकाभित्रैको खुला ठाउँमा बस्न दिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पनि केही दिनअघि पत्राचार गरिएको उहाँले बताउनुभयो । ‘तत्कालका लागि पीडित परिवारलाई गाउँपालिकाभित्रैको खुला ठाउँमा बस्न दिनेबारे प्रशासन र वन कार्यालयसँग छलफल गरेका छौँ । संघ र प्रदेशसँग पुनर्स्थापनाबारे पनि छलफल भइरहेको छ ।’ उनले भन्नुभयो– ‘एक–दुई दिनमै खाद्यान्न र कपडा पनि वितरण गर्छौँ ।’ पहिरो पीडितको यकिन तथ्यांक संकलनका लागि समिति पनि गठन गरिएको जानकारी उहाँले दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।