काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
यूएई – नेपाली समाज यूएईको आयोजना र नेपाल ब्याडमिण्टन कम्युनिटी यूएईको प्राविधिक सहयोगमा प्रथम अन्तरसंस्था ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । दुबई ड्रागन मार्टको अन्तर्राष्ट्रिय मापदण्डको ब्याडमिण्टन कोर्टमा भएको खेलमा नेपाली समाज यूएईमा आबद्ध संस्था तथा एनआरएनएले समेत सहभागीता जनाएको थियो ।
प्रतियोगितामा १४ वटा संस्थाहरुबाट पुरुष तर्फ २३ वटा समूह र महिलातर्फ ४ समूह सहभागी भएका थिए । समाजका खेलकुद विभाग प्रमुख हिरालाल श्रेष्ठको संयाेजकत्वमा प्रतियोगिता आयोजना गरिएको हो ।
संघसस्थाबीच भाइचाराको सम्बन्ध विकास तथा थप समन्वय बढाउनका लागि आयोजना गरिएको मैत्रिपूर्ण प्रतियोगितामा चितवन समाज यूएई च्याम्पियन बन्याे । यस्तै लमजुङ समाजले दोस्रो स्थान कब्जा गर्याे । महिला तर्फ नेवा पुँचका दुई समूहले कास्की आदर्श सेवा समाज र सुदूरपश्चिम सेवा समाजलाई हराएर क्रमश: पहिलो र दोस्रो स्थान हात पार्न सफल भए ।
शुक्रबार मध्यान्न १२ बजे बाट सुरु भएको खेल साँझसम्म चलेको थियो । नेपाली समाजका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालको प्रमुख आतिथ्यता तथा यहाँ क्रियाशील संघसस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यमा प्रतियोगिताको समापन गरिएको हो ।
कार्यक्रममा प्रतियोगितामा प्रथम र दाेस्राे स्थान प्राप्त गरेको समूह तथा खेलाडीलाई ट्रफी,मेडल र नगद पुरस्कार समेत प्रदान गरिएको आयोजक नेपाली समाज यूएईका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।