पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार २३ अङ्कले घटेको छ । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २३ दशमलव २२ अङ्कले घटेर २४ सय ६१ दशमलव ८८ विन्दुमा झरेको छ ।
मङ्गलवार बैंकिङ समूहको शेयर झण्डै २२ अङ्कले, व्यापारको ५० अङ्कले, फाइनान्सको साढे चार, निर्जीवन बीमाको एक सय १४, उत्पादनको ८९, अन्यको २०, माइक्रो फाइनान्सको ४७ र जीवन बीमा समूहको शेयर दुई सय एक अङ्कले घटेको छ ।
मङ्गलवार कारोबार रकम पाँच अर्ब रुपैयाँमा भन्दा कममा सीमित भयो । दुई सय १० कम्पनीका एक करोड २४ लाख ८२ हजार कित्ता शेयर चार अर्ब ७५ करोड २७ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
मङ्गलवार सर्पोट माइक्रो फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा घटेको छ । समग्र बजार घटे पनि हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटेड फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरै बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।