सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार तीन अङ्कले घटेको छ । नेप्से तीन दशमलव चार अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा पुगेकाे छ ।
बुधवार बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर ओरालो लागेको छ । व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, उत्पादन, अन्य र लगानी समूहको शेयर भने बढेको छ ।
बुधवार दुई सय पाँच कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर चार अर्ब १० करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बुधवार रैराङ हाइड्रो, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै चार प्रतिशतका दरले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।