पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – केही हप्तायता लगातार ओरालो लागिरहेको शेयर बजार मङ्गलवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव ५६ अङ्कले बढेर २३ सय ९१ दशमलव ७४ विन्दुमा पुगेको छ ।
मङ्गलवार बैंकिङ समूहको शेयर साढे तीन अङ्कले, होटल तथा पर्यटन समूहको ८६ अङ्कले, उत्पादनको २३, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको दुई सय ३० र लगानी समूहको शेयर शून्य दशमलव दुई अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ ।
मङ्गलवार दुई सय १६ कम्पनीका ९० लाख १२ हजार कित्ता शेयर तीन अर्ब ३७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
मङ्गलवार चन्द्रागिरि हिल्ससहित पाँच कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर भने सबैभन्दा धेरै झण्डै नौ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।