उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
पेरुका अभिनेता रिचर्ड टोरेसले डोमिनिकन रिपब्लीकको राजधानी सेन्टो डोमिगोमा जथाभावी रुपमा रुख कटानीकाविरुद्ध सबैको ध्यान खिच्नका लागि रुखसँग विवाह गरेका छन् ।
सेन्टो डोमियोभन्दा केही मिटरको दूरीमा रहेको कोलोन पार्कमा भएको यो अनौठो विवाहले दर्जनौ व्यक्तिहरुको ध्यानाकर्षण गरेको छ । टोरेसले रुखमा औंठी राख्दै त्यहाँ उपस्थित एकजना व्यक्ति, जो न्यायधिशको भूमिकामा थिए, उनलाई आफूलाई विवाह गर्न स्वकार छ भन्दै विवाह सम्पन्न गरेका थिए ।
अभिनेताले सञ्चारमाध्यममा भने, ‘हामी १७ औं विवाह गर्नका लागि सेन्टो डामिगो आएका छौं । हाम्रो यात्रा १०० वटा विवाह समारोह गरेर गिनिज बुकमा नयाँ रेकर्ड नबनाएसम्म रोकिने छैनौं ।’ यसअघि उनले कोलम्बो, अर्जेन्टिना, मेक्सिको, चिली, क्यूवालगायतका कयौं देशमा रुखसँग विवाह गरिसकेका छन् ।
यस विवाह समारोहमा टोरेसका साथमा डोमिनिकन कलाकारहरु पनि थिए । जसले दुलहा र दुलहीको साथीको भूमिका निर्वाह गरेका थिए । टोरेसको प्रकृति प्रतिको प्रेम अहिले संसारभर चर्चाको विषय बनेको छ । सामाजिक संजालमा अहिले उनले रुखबिरुवा जोगाउन गरेको यस कदमको सराहना भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।