एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
ताप्लेजुङ – कञ्चनजङ्घाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
कोरोना कहरका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भञ्ज्याङ सील(बन्द) गरेपछि आम्दानीको श्रोत सकिएको छ । आम्दानीको स्राेत सकिएपछि गाउँ विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।
स्थानीय स्तरमा उत्पादित गलैँचा, घ्यू, छुर्पी लगायतका सामग्रीहरुले नेपाली बजारमा खासै भाउ नपाउने र व्यापार पनि निकै कम हुनेगरेको स्थानीयको गुनासो छ ।
‘चीन ठूलो बजार भएकाले ती सामग्रीहरुको भाउ तिब्बतको रिउमा बढी हुन्छ’, स्थानीय छेतेन शेर्पाले भन्नुभयो, ‘अहिले करिब डेढ वर्षदेखिको बन्दका कारण व्यापार हुन सकेको छैन ।’
यसरी आम्दानीको स्राेत नभएपछि दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु खरिदको लागि समेत समस्या भएको स्थानीयको भनाइ छ । स्थानीयले चौरी तथा चौंरीका बाछाहरुको तिब्बतमा व्यापार गरेर आम्दानी गर्ने गरेका थिए । तर नाका ठप्प भएपछि त्यो आम्दानी पनि रोकिएको हो ।
कञ्चनजंघा संरक्षण क्षेत्रभित्र विभिन्न जडिबुटी संकलन गरिँदै आएको छ । नियम अनुसार कुड्की, सत्वा, सेतोचीनी, चिराइतो लगायतका जडीबुटी संकलन हुन नसकेको कञ्चजंघा संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष खगेन्द्र फेम्बो (लिम्बू) ले बताउनुभयो । यस्तै सामुदायिक बनमार्फत संकलन हुने जडीबुटी कोरोनाका कारण २ वर्षदेखि संकलन हुन सकेका छैनन् । यसले पनि आम्दानीको बाटो रोकेको अध्यक्ष फेम्बोको भनाइ छ ।
पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु ४ सय बर्ष देखि बसोबास गर्दै आएको इतिहास छ । ६४ घर रहेको सो जिल्ला बास्ती सदरमुकामदेखि ३ दिनको पैदल हिँडेर पुग्न सकिन्छ । यस्तै ताप्लेजुङको सबै भन्दा उच्च अर्थात् हिमाली बस्ती याङमाका बासिन्दालाई पनि ठूलो संकट परेको छ । यहाँका बासिन्दालाई पनि अहिले कोरोना कहरका कारण चीनसँगको सिमाना बन्द भएसँगै समस्या परेको हो । ४ हजार १ सय मिटर उचाइमा रहेको यस बस्तीमा १० घरहरु रहेका छन् । कोरोनाका कारण चीनसँगका नाका बन्द भएपछि न आम्दानीको श्रोत छ, न त व्यवसाय गर्न सकेका छन् ।
यस क्षेत्रमा पनि विशेष गरेर चौंरीपालन नै मुख्य व्यवसाय रहेको छ । उत्पादित छुर्पी, घ्यू तथा जडीबुटीको व्यापार अहिले रोकिँदा समस्या भएको छेतेन शेर्पाले बताउनुभयो । व्यापारमा तिब्बतसँग आत्मनिर्भर यस क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकामसम्म आइपुग्न ४ दिन लाग्छ भने चीन जान डेढ दिन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।