चलचित्र ‘कथा काठमाण्डू’को शीर्ष गीत सार्वजनिक

 भदौ ६, २०७५ बुधबार ११:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – असोज १२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कथा काठमाण्डू’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

सुरज विक्रम थापाको शब्द, संगीत रहेको उक्त गीतमा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र बुलेट फ्लोको स्वर रहेको छ । गीतमा काठमाडौंमा भएका बिकराल समस्याहरुलाई चित्रित गर्ने प्रयास गरिएको छ । चलचित्रमा भएको कथाबस्तुको केही अंश गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक संगीता श्रेष्ठको भनाई छ ।

विजय राइको निर्माणमा तयार भएको चलचित्रमा लुजा सिंहको छायांकन छ भने भरत रेग्मीको सम्पादन छ । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा कमल खत्री, मोहित मुनाल, प्रदीप बास्तोला र सुरज विक्रम थापाको संगीत छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देश राजजोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

 

यसअघि चलचित्रमा समावेश ‘रातको कुरा...’ बोलको गीतले सर्वाधिक चर्चा बटुली सकेको छ । अघिल्लो चलचित्रमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चलचित्र युनिटले चर्को आलोचना खेप्नु परेको थियो । 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया