दाङमा कोरोना सङ्क्रमितलाई भुइँमै राखेर उपचार गरिँदै

 वैशाख १०, २०७८ शुक्रबार १४:२६:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेकाे अस्पताल व्यवस्थापनले जनाएको छ ।

काेराेनाकाे पहिलाे लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी ‘हाउस फुल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन । 

अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिँदा बेड अभाव भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिनुभयो । २५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पुर्‍याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको ओलीले बताउनुभएको छ ।

पछिल्लो समय दाङमा कोरोना सङ्क्रमितको संख्या निकै बढेको छ । दाङमा अहिले २ सय ६७ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  कोरोना सङ्क्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ । दाङमा अस्पताल अभाव भएपछि कोरोना सङ्क्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लैजाने गरिएको छ ।

अहिलेसम्म दाङमा ५७ जना काेराेना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया