सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका राष्ट्रपति...
मंसिर १९, २०८१ बुधबार
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आइतबारदेखि लगाउन सुरु गरिएको छ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्नेछन् । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिन्छ । अहिले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी सात जिल्लामा यो खोपको दोस्रो डोज लगाउन सुरु गरिएको हो ।
खोप लिन जाँदा भिडभाड नगर्न, मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न सरकारले आग्रह गरेको छ । सरकारले जारी गरेका सबै सूचनाहरुमा दूरी कायम गर्ने, मास्क लगाउने, र भिडभाड नगरी खोप लगाउनुपर्छ भनेर स्पष्ट भनिएको छ ।
भिडभाड गरे, मास्क नलगाए र स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना नगरेमा कोरोना सङ्क्रमण थप फैलन सक्छ । भिडभाडमा को संक्रमित छन् ? को छैनन् भन्ने थाहा हुँदैन । यस्तो अवस्थामा सङ्क्रमण भएकाबाट अरु सङ्क्रमण नभएकामा पनि कोरोना भाइरस सर्न सक्छ । त्यही भएर सरकारले भने अनुसार जनस्वास्थ्यको अनिवार्य रुपमा पालना गर्नुपर्छ ।
यी जिल्लाहरुका स्वास्थ्य कार्यालयले खोप लगाउने समयतालिका प्रकाशित गरेका छन् । त्यही सूचना हेरेर आफ्नो पालो परेको दिन खोप लगाउन जानुपर्छ । यी बाहेकका जिल्लाहरुमा भेरोसिल खोप पठाइएको छैन । दुई लाख ९० हजार जतिलाई खोपको पहिलो मात्रा दिइएको छ ।
पहिलो डोज लगाउँदा पाएको खोप कार्ड लिएर केन्द्रसम्म गएर खोप लगाउन सकिन्छ । कोरोना भाइरसको सङ्क्रमण भएमा खोप लगाउन जानु हुँदैन । पहिला सङ्क्रमित नभएको बेला लगाइसकेको भए पनि पालो आयो भनेर खोप लगाउन जानु हुँदैन । सङ्क्रमितले एक महिनापछि खोप लगाउनुपर्छ । एक महिना कुर्नुपर्छ । पछि खोप पाइँदैन कि भनेर शंका गरेर जे सुकै होस् भनेर खोप लगाउनु हुँदैन ।
६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको पहिलो डोज खोप दिइए पनि दोस्रो डोज खोप लगाउन सकिएको छैन । अहिले खोपको अभाव छ । खोप ल्याउनका लागि सक्दो प्रयासहरु भइरहेका छन् ।
खोप ल्याउने बित्तिक्कै पहिलो डोज ल्याएर दोस्रो डोजको पर्खाइमा रहेका र एउटा डोज पनि खोप नपाएकाहरुका लागि लगाइन्छ । कसरी र कसलाई दिने भनेर पछि सूचना सार्वजनिक गरिन्छ ।
पहिलो डोज जुन कम्पनीको खोप लगायो, दोस्रो पनि त्यही डोज खोप लगाउनुपर्छ । पहिला कोभिसिल्ड लगाएकाले दोस्रो भेरोसिल वा पहिलो भेरोसिल लगाएकोले दोस्रो कोभिसिल्ड खोप लगाउनु हुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गाैतम स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख हुनुहुन्छ ।
Laxman kattel
May 20, 2021, 9:16 a.m.अपुरो समचार ! अहिलेको अवस्थामा धेरै ब्यक्तीहरु सन्क्रमित भएका हुन्छन, यस्तो बेलामा दोस्रो डोज किन लगाउन हुदैन, ??अर्को डोज पुन पाउने अवस्थाको ग्यारेन्टी के छ ? लगाउन नपाएका हरुको लागि निको भए पछि कहाँ सम्पर्क गरेर दोस्रो डोज लगाउने हो वा कहाँ सम्पर्क गर्ने हो सो को जानकारी बिनाको समाचारको केही अर्थ छैन ।
Mohan kumar mahato
May 18, 2021, 8:03 a.m.मैले बैसाख 2 गते काठमाण्डौ हुंदा vero cell को पहिलो डोज लियेक थिए।अहिले म प्रदेश न 2 मा छू तर उता दोस्रो डोज सुरु भाईसक्यो। यसको कुनै उपाय छैन ?