एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाडौं, जेठ १८ – आजदेखि तीन सिनेमा एकसाथ प्रदर्शनमा आएका छन् । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘हरि’सँगै ‘अमेरिका बोइज’ र ‘बेबी आई लभ यु’ प्रदर्शनमा आएका हुन् । यी तीन सिनेमामध्ये कुन सिनेमाले राम्रो कारोबार गर्ला भनेर अहिले नै अड्कल लगाउन मुश्किल छ ।
सिनेमाको प्रचार प्रसारमा निर्माण पक्षले त्यति धेरै ध्यान नदिएको सिनेमा ‘हरि’बाट अभिनेता विपिन कार्की आशावादी छन् । उनी सिने करिअरमै राम्रो र आफू सन्तुष्ट भएको सिनेमा नै ‘हरि’ भएको बताउँछन् ।
यस सिनेमामा बिपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्यलगायतको मुख्य भूमिका रहेको छ । शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमाका कार्यकारी निर्माता योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा हुन् ।
सिनेमामा लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङको छ भने चिन्तन राजभण्डारीको छायाङ्कनलाई अर्जुन कार्कीले सम्पादन गरेका छन् ।
उता प्रवेश पौडेल निर्देशित सिनेमा ‘अमेरिका बोइज’ पनि आजदेखि प्रदर्शनमा आएको छ । यस सिनेमामा अर्पण थापा, सुनिल थापा, सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिष प्रसाई, सृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमाथपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउतलगायतको अभिनय रहेको छ ।
पूर्ण रुपमा कमेडी जनरामा निर्माण भएको यो सिनेमाको कारोबारलाई लिएर निर्माण पक्ष आशावादी देखिएको छ ।
यस्तै, जनक पाण्डेको निर्देशन रहेको सिनेमा ‘बेबी आइ लभ यू’ पनि आजैदेखि प्रदर्शनमा आएको छ ।
प्रेम कथामा आधारित ‘बेबी आइ लभ यु’लाई शिव न्यौपानेले निर्माण गरेका हुन् । सिनेमामा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन् ।
सृजना परियार र दुर्गा पाण्डे सह–निर्माता रहेको यस सिनेमामा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरीलगायतका कलाकारको अभिनय छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।