६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
कैलाली – सुदूरपश्चिम प्रदेशमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै पक्षकाले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरेका छन् । संसदीय दलको ह्विपको अवज्ञा गरेको भन्दै माधव नेपाल समूहले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात जनालाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सात जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।
एमाले संसदीय दलकी सचेतक दुर्गा विकले ह्विप उल्लङ्घन गर्ने ती सात सांसदमाथि कानुनअनुसार कारबाही हुने बताउनुभयाे । ‘यस्तो होला भन्ने हामीले सोचेका थिएनौँ । अब दलको बैठकले विधि, विधान र कानुनसम्मत ढङ्गले उनीहरूका बारेमा निर्णय गर्नेछ’, उहाँले भन्नुभयाे ।
ओली पक्षले पनि पार्टीको केन्द्रीय निर्देशन नमानेको भन्दै संसदीय दलका नेतासहित आज मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने १७ जनालाई कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ । ओली पक्षका नेता एवम् एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने १७ जनालाई यसअघि नै स्पष्टीकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिनुभयो ।
मङ्गलवार प्रदेश सभामा विश्वासकाे मत लिने क्रममा नेकपा एमालेको नेपाल पक्षले मत दिँदा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्नुभएका भट्टकाे पद जाेगिएकाे हाे ।
विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराउनुभयाे । उहाँले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।