एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - पुस्तकलाई प्रविधिसँग जोड्दै यसको उपलब्धताका प्रवर्द्धनमा लागेको ‘थुप्रै डट कम’ले पढ्न सकिने ई-बुक र सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिनेछ ।
सुन्ने पुस्तक विगतमा सीडी, रेडियो, युट्युब लगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्याउने उपाए थिएन । ‘थुप्रै डट कम’ले सुरुआत गरेको वास्तविक अडियोपुस्तक (अडियोबुक)को परिकल्पना नेपालमा अडियोबुकको प्रवर्द्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
‘अनलाइन अर्डर’ लिएर घरघरमा पुस्तक पुर्याउने सेवाबाट सुरुआत भएको ‘थुप्रै डट कम‘ले गएकाे वर्षका लकडाउनमा ई-बुकको सेवा सुरु गरेको थियो । ‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको जानकारी दिनुभयो । यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
अडियोबुकले पठन संस्कृतिको विकासमा थप सहयोग पुग्ने बताइएको छ । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेका लागि अडियोबुक उपयुक्त हुनेछ । छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्दछ र अनलाइनमाध्यमबाट किन्नासाथ तुरुन्तै सुन्न सकिन्छ ।
कार्यालय आवतजावत गर्दा, गाडी चलाउँदा र बसमा यात्रा गर्दा समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिने सह-व्यवस्थापक आचार्यले जानकारी दिनुभयो । घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुविधाजनक छ । दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्दछ । नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न सक्दछ । अडियो बुकका रूपमा सुरुआतमा केही पुस्तक तयार गरिएका छन् ।
वरिष्ठ कविहरु माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, दिनेश अधिकारी, हरिहर अधिकारी ‘श्यामल’ दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, सुजीव शाक्य र जीवनकुमार प्रसाईं लगायतले आफ्नै आवाजमा आफ्नो कृतिको वाचन गर्नुभएको छ । रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका कृति पनि उपलब्ध छन् ।
‘थुप्रै’ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिसर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगायतका प्रकाशन गृहसँगको सहकार्यमा सुरु गरेको जनाइएको छ । यस सहकार्यलाई अगाडि बढाउँदै निरन्तररुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’का सहसंस्थापक आचार्यले जानकारी दिनुभयो । उहाँले अहिलेलाई प्रति अडियोबुक एक सय रूपैयाँको हाराहारी पर्ने जानकारी दिनुभयो ।
नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिङ्गमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्प्युटरबाट सुन्न सकिने छ ।
यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि अडियोबुक सुन्न सकिनेछ अडियोबुक‘थुप्रै’को वेबसाइट र ‘थुप्रै’ मोबाइल एपमार्फत उपलब्ध छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।