एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार मङ्गलवार आयोजनाका डिभिजनल इन्जिनियर लगायतको टोली चनौटेबाट झन्डै सात/आठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उहाँले भन्नुभयो, प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ ।
निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ । निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ । उहाँले भन्नुभयो, कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन ।
निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताउनुभयो । उहाँका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।
मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, पुल र सडकका विषयमा हामीले सेना र सडक विभागलाई भनिरहेका छौँ ।
सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ । हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाण्डाैमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ । उहाँले भन्नुभयो, आयोजना सम्पन्न भइनसकेर काम भइरहेकामा अहिले सम्पन्न गर्ने अवधि बढाएको छ ।
अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उहाँले बताउनुभयो । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, त्यसका लागि दुई साढे दुई महिना लाग्छ ।
अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई हप्ता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाण्डाैमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ । दुई महिनामा सुरुङ परीक्षणका लागि लाग्ने भनिएकामा दुई/चार हप्ता त्योभन्दा केही समय बढी लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले हामीले पहिले जसरी नै वैकल्पिक माध्यमबाट भए पनि पानी ल्याउनुपर्छ भनेर पहल गरिरहेका छौँ ।
वैकल्पिक पथान्तरण प्रणालीबाट चलाउन पनि हेडवर्क डाइभर्सन सुरुङ सफा गर्नुपर्छ । सुरुङ कति टालिएको छ, सफा गर्न लाग्ने समय त्यसका आधारमा निर्भर हुने सूचना अधिकारी पन्तले बताउनुभयो । बालुवाले मात्र टालिएमा कामदार मात्र लगेर सफा गर्न सकिने भए पनि ठूला ढुङ्गाले टालेको भएमा सफा गर्न उपकरण नै लैजानुपर्ने उहाँले बताउनुभयो । उपकरण लैजान पनि सडक चाहिने भएकाले वडा, पालिका र सडक विभागलाई भनिएको छ । भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले कामअघि बढाउनेछ । जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ ।
अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन । निर्माणस्थलभन्दा माथिबाट आएको पहिराेका कारण आठ जना बेपत्ता भएका थिए । तीमध्ये तीन जनाकाे शव भेटिएको छ । पाँच जनाको जानकारी आएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।