कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ । नेप्से आज पाँच दशमलव ११ अङ्कले बढेर दुई हजार आठ सय ७५ दशमलव ४९ विन्दुमा पुगेको छ । हिजो नेप्से २७ अङ्कभन्दा धेरैले बढेको थियो ।
आज माइक्रोफाइनान्स समूहको शेयर सबैभन्दा धेरै एक सय ११ दशमलव चार अङ्कले बढेको छ । त्यस्तै होटल तथा पर्यटन समूहको शेयर २० दशमलव २७ अङ्कले र जीवन बीमा समूहको शेयर १४ अङ्कभन्दा धेरैले बढेको छ । आज विकास बैंक समूहको शेयर भने सबैभन्दा धेरै ७० दशमलव ५८ अङ्कले घटेको छ ।
आज दुई सय १९ कम्पनीका एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । आज माथिल्लो तामाकोशी हाइड्रो पावरको ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ । आज बेस्ट फाइनान्स कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै पाँच दशमलव ४८ अङ्कले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।