मध्यपहाडी राजमार्गको बाग्लुङ खण्ड बन्द

 असार २२, २०७८ मंगलबार १२:५:२५ | रासस
unn.prixa.net

बाग्लुङ - मध्यपहाडी राजमार्गको बाग्लुङ खण्ड पहिरोले बन्द भएको छ । बाग्लुङ नगरपालिका–३ को बोक्सेमा भलसहित लेदो र काठेखोला गाउँपालिकाका दुई ठाउँमा पहिरो खसेपछि बन्द भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।

बन्द सडक खुलाउन आवश्यक उपकरणसहित टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बाग्लुङ–बलेवा जाने सडकसमेत बन्द भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

बाग्लुङ–पोखरा सडक पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गमा गाडि चल्न नसकेका र केही यात्रुबीचमै अलपत्र परेका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया