एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
बाग्लुङ – दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडी खण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४ दशमलव ५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताउनुभयो ।
बाग्लुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाले ट्र्याक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतिको काम सकेको जनाएको छ ।
यस खण्डको एक समारोहबीच नेपाली सेनाका प्राविधिक सह–सेनानी शालिग्राम नेपालले सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियर नवराज बाँस्तोलालाई हस्तान्तरण गर्नुभयो । रिडी–मालढुङ्गा ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुङ्गा–बलेवा विमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो भने गुल्मी खण्डको २७ किलोमिटर सडकसमेत हस्तान्तरण भइसकेको थियो ।
एक अर्ब ८६ करोड रुपैयाँ खर्चेर सेनाले करिडोर स्तरोन्नति गरेको हो । बाग्लुङ–गुल्मी खण्डको २०७० सालमा सेनाले जिम्मेवारी लिएर काम गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ट्र्याक खोल्ने काम सकिएपछि यो आयोजनाले स्तरोन्नतिका लागि २०७५ सालमा जिम्मा लिएको थियो । सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरिएको सेनाका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताउनुभयो ।
यस खण्डमा पाँच वटा बेलिब्रिजसहितका संरचना बनेका छन् । सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाको जिम्मामा आएको सडकलाई तत्काल वातावरणीय परीक्षण गरेर विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिने आयोजना प्रमुख सुबाेधकुमार देवकोटाले बताउनुभयो । ‘तीन महिनामा डीपीआर हुन्छ, बाँकी तीन महिनामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईई) गरेर सक्छौँ’ , देवकोटाले भन्नुभयो, ‘कलोपत्रका लागि योजना माग गरेर फाइल स्वीकृत हुने बेलासम्म सबै काम सकिन्छ ।’ एक करोड रुपैयाँ बजेट आउँदाे आर्थिक वर्षमा डीपीआर र आईईका लागि विनियोजन भएको देवकोटाले जानकारी दिनुभयो ।
प्रमुख देवकोटाले ३० महिनामा यो सडक कालोपत्र गरेर सकिने दाबी गर्नुभयो । ‘काम गर्न क्रियाशीलता, निरन्तरता र सक्रियता चाहिन्छ, त्यो हामीमा छ’ , देवकोटाले भन्नुभयो, ‘हामी समयमा काम गर्न निरन्तर लाग्छौँ ।’ सडक हस्तान्तरण भएसँगै अब कालोपत्रको काम सुरु हुनेमा स्थानीयवासी आशावादी छन् । स्तरोन्नतिपछि हस्तान्तरण गरेको सेनाको निर्माण कार्यदलले हर्मिचौरमा रहेको क्याम्पले आउँदो असोजसम्म सडकमा हुने क्षतिको मर्मत गर्ने जिम्मेवारीसमेत लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rudy
July 11, 2021, 4:29 p.m.टाइपमा गल्ती भएजस्तो छ - ३० महिना होइन, ३०० महिना होला ...किनकि १० वर्ष त यिनीहरुलाई भागबण्डा मिलाउनै लाग्छ /