थप १ हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन ३, २०७८ आइतबार १९:४३:५५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा थप एक हजार आठ सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ ।

थप छ हजार ६२८ को पीसीआर परीक्षण तथा तीन हजारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार दुई सय २३ तथा एन्टिजेनबाट पाँच सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म छ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार छ सय ६७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

यस्तै काठमाण्डौ उपत्यकामा पछिल्लो समय तीन सय ३४ सङ्क्रमित थपिएका छन् । काठमाण्डाैमा दुई सय ३४, ललितपुरमा ६४ तथा भक्तपुरमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।    

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया